नगरपालिका भित्रै नाकाबन्दी !

दुनै(डोल्पा) १९ चैत्र
नगरपालिकाको केन्द्र सारिएको भन्दै ठुलिभेरि नगरपालिका भित्र नै नाकाबन्दी गरिएको छ । दुनैका जनताले जुफालका जनतालाइ शुक्रबार बेलुकी ५ बजेबाट अनिश्चितकालीन नाका बन्दी गरिएको दुनै संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिनुभयो ।
हाल नगरपालिकाको केन्द्र रहेको जुफालको संघ्रस समितिले बिहिबार साझ देखि शुक्रबार बिहान १० बजे सम्म बन्द गरे पछि दुनैका जनतालाइ कम्जोर डम्याएको भन्दै दुनै ज्ुफाल नाका बन्दि गरिएको दुनै संघ्रस समितिका सदस्य दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हाम्रो नगरपालिकाको केन्द्र रहेको जनताले बिनकारण बन्द गरे पछि अनिश्चितकालिन बन्द र नाका बन्दी गरियो ।
यहि २० गते नगरपालिकाको केन्द्र बिबादको सर्वोच्चमा परेको बुद्धाको सुनुवाइ हुने भएको र द्ुनैका जनप्रतिनिधिलाइ बिरोध गर्नको लागि बन्द गरिएको र शुक्रबार बिहान १० बजेबाट बन्द फिर्ता लगिएको जुफाल संघ्रस समितिका अध्यक्ष ज्ञोनन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो जनप्रतिनिधिलाइ बिरोध मात्र गरिएको हो जतालाइ होइन अब सबैले सहजै आवत जावत गर्न पाउछन ।
सर्वोच्चमा परेको मुद्धाको सुनुवाइमा सहभागि हुन जान लागेका नगरउपप्रमुख,वडा अध्यक्ष र सदस्यहरुलाइ बिमानस्थलबाट जान नदिए पछि प्रहरीको स्कटिङमा पैदल मार्ग हुदै केन्द्रीय राजधानी गएका छन । नगरपालिकाको केन्द्र बिबाद भए पछि जुफाल र दुनैका जनप्रतिनिधिहरु सबै यति बेला केन्द्रमा नै आआफ्नो लबिङमा लागेको नागरिकहरु बताउछन ।
फागुन १६ गते देखि केन्द्र सारिएको बिरोधमा आन्दोलनमा रहेका दुनै बासिहरुले आजबाट फेरि बजार बन्द र अनिश्चितकालिन नाका बन्दी गरेका छन । नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले नगरसभामा निर्णय नै नगरि नगरपालिकाको केन्द्र जालसाजि गरि सारेको भन्दै एक महिना देखि दुनैमा आन्दोलनका साथै बिभिन्न खाले बिरोधका क्रियाकलाप भै रहेका छन ।
दुनैको संघ्रस समितिले अनिश्चितकालीन नाका बन्दी र बन्द गरे पछि जनताहरुलाइ समस्या आउने भएको छ । तर यता संघ्रस समितिले भने बजार बन्द र नाका बन्दीमा सहयोग गरिदिन र अबज्ञा गरेको खण्डामा आन्दोलन तथा बन्द कर्ताले कडा प्रतिबाद गर्ने बताएको छ । डोल्पामा एकै गाविस अर्थात स्थानीय तहमा नाका बन्दी लागएको पहिलो घटना भएको अगुवाहरु बताउछन ।
दुनैले बारम्बार बिरोध तथा आन्लोलन र बन्द गरे पनि जुफालले कुनै प्रतिकृया नदेखाएको जुफालबासिहरु बताउछन । यता दुनैका बासिन्दाले भने जुफालबासिले बारम्बार हेपुवा प्रबिधि देखाएकोले अब नाका बन्दी नै लागउनु परेको बताउछन ।नाका बन्दी पछि सबै नागरिकहरु त्रसित भएका छन ।
रामचन्द्र न्यौपाने










