प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन ः जनार्दन शर्मा

रघुनाथ बजगाँई
नेकपा माओवादी केन्द्रका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणका लागि गठित कार्यदलका सदस्य जनार्दन शर्माले सबै बिषय टुङ्गि सकेको बताएका छन् ।
तर पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नहुने भएको छ । नेता शर्माले भने “आउँदो बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तय भएको छ । हामी त्यहि अनुसार छलफल र आवश्यक गृहकार्य गरिरहेका छौँ । नभए हाम्रो पार्टी एकता त चुनाव अगाडि नै भैसकेको हो ।
के के कुरा मिल्न बाँकी छ भन्ने प्रश्नमा उनले भने “सबै बिषयमा कुरा मिलिसकेको छ, तर थेरै ब्यबहारिक कुराहरु छन् । विवाद कहि कतै छैन ।
पार्टी एकतामा जाँदा दुबै पार्टीको हैसियत बराबर हुनुपर्ने माओवादीले अडान लियो भन्ने छ नी भन्ने अर्को प्रश्नमा उनले भने ” हामीले कुनै प्रकारको अडान लिएका छैनौ । अडान लिएर पनि पार्टी एकता हुन्छ त रु हामीले अडान लिएको भए अहिलेको परिस्थिति नै आउँदैनथ्यो नी , कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ न की अडान । यस्ता बिषय आएका छैनन् र आउँदैनन पनि ।
केहि दिन अगाडि पार्टी अध्यक्षले सार्वजनिक अभिव्यक्ति दिएको बिषय हुँदै होईन त भन्न मिलेन नी होईन रु भनेर जिज्ञासा राखदा नेता शर्माले थपे ” कति बिषयमा मैले बोल्नु हुँदैन । तपाँईलाई यत्ति भनौँ हाम्रो पार्टी एकता सम्वन्धी छलफलमा कुनै विवाद र अडान छैनन् । छलफल र बहस भएक हुन् । सबै कुरालाई यसरि नै लिनुस । ”
प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले बताउन थालेका छन् ।
नेकपा एमालेका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य वेदुराम भुसालले पनि पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै भएको बताए ।
‘ पार्टी एकताको ओपचारिक घोषणा गर्ने ९ गते कै तयारी छ,’ नेता भुसालले भने ।










