चीनले अमेरिकी सामानमा ३ अर्ब डलरसम्म शुल्क लगाउने तयारी गरेको हो ।

अमेरिकाले व्यापारमाथि लगाएको प्रतिबन्धको जवाफ रुवरुप चीनले पनि अमेरिकी सामाग्री आयातमा कडाई गर्ने भएको छ । अमेरिकाले चिनियाँ सामानमा ६० अर्ब डलरसम्म शुल्क लगाउने र अमेरिकामा चीनको लगानी सिमित बनाउने निर्णय गरेलगत्तै चीनले अमेरिकी सामानमा ३ अर्ब डलरसम्म शुल्क लगाउने तयारी गरेको हो

वाईन, फलफुल, स्टिल पाईप लगायतमा शुल्क लगाउने तयारी गरेको हो । योसँगै चीनले दुई मुलुकबीचको सम्बन्ध धरापमा नपार्न पनि अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको प्रतिबन्धको निर्णयसँगै दुई मुलुक व्यापार युद्धको संघारमा पुगेको भन्दै चीनले ह्वाईटहाउस आफ्नो निर्णयबाट पछि हट्ने विश्वास व्यक्त गरेको छ ।

चीनले बौद्धिक सम्पत्ति चोरीलाई बढावा दिएको भन्दै अमेरिकाले हिजो अमेरिकाविरुद्ध व्यापारिक प्रतिबन्ध लगाएको थियो । चीनले भने प्रतिबन्ध अर्थहिन भएको टिप्पणी गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!