मुख्यमन्त्री चयन भएसंगै एकपछि अर्को विवादमा मुछिएका मुख्यमन्त्री महेन्द्र बहादुर शाही

कर्णाली प्रदेशको मुख्यमन्त्री चयन भएसंगै एकपछि अर्को विवादमा मुछिएका मुख्यमन्त्री महेन्द्र बहादुर शाही अर्को विवादित निर्णय गर्ने मुडमा पुगेका छन् । मुख्यमन्त्री भएसंगै जनमुक्ति सेनाको कमाण्डर हुँदा गरेको भष्ट्राचार काण्ड , कालो बोका बलि दिएर डेरा सर्ने साईत जुराएको , ठकुरी एकता समाज आबश्यक भएको भन्दै गरेको भाषण जस्ता बिषयमा विवादमा मुछिएका मुख्यमन्त्री शाही एक पछि अर्को बिर्वादित काम गर्दै आएका छन् ।

कर्णाली प्रदेशको पहिलो मन्त्रीपरिषदमा कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने निर्णय गरेका शाहीले हिजो कर्णाली प्रदेश देखि बाहिर संघको राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जाल फेसबुकका कारणले कर्णाली प्रदेशको बिकास नभएको भदै फेसबुक बन्द गर्ने सार्वजनि अभिब्यति दिए ।

केहि दिन पहिले काठमाण्डौको हिमालयन होटेलमा कहिले नाम नसुनेका बिज्ञहरु बोलाए र कर्णाली प्रदेशको बिकाश र समृद्धि नामक एक कार्यक्रम गरेर त्यसको सबै खर्च एक एनजियोलाई तिर्न लगाएका शाहीले हिजो पत्रकारहरु बिच बोले कर्णाली प्रदेशको बिकासको बाधक एनजियोहरु भएकाले उनीहरुलाई कर्णाली छिर्न नदिन जानकारी दिए ।

यो जानकारी समचारहरुमा आएसँगै समाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री महेन्द बहादुर शाहीको आलोचना सुरु भयो समाजिक सञ्जाल फेसबुकमै हेरौ कसले के लेख्य

प्रत्रकार ललित बुढा

ऊबेला (बुक) बन्द गरे । अब (फेसबुक) बन्द गर्ने रे ! कामरेडको नहुने मेसो…

पत्रकार सबिता जिसी लेख्छन

जिन्दगीमा एकपटक रारा पुगेर फेस्बुकमा फोटो हालौला भन्ने ठुलो धोको थियो, पुरा नहुने भो दुखि आत्मा
फेस्बुक बन्द काण्ड

पत्रकार हेमन्त केसी लेख्छन

फेरि हावा कुरा ।
कर्णाली प्रदेशबाट एनजिओ लखेटिने र फेसवुक बन्द गरिनेस् मुख्यमन्त्री शाही ।

नेता  दलवहादुर जिसी

लेख्छन कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र शाही “समाजिक सञ्जाल फेसबुकले मानिसमा विकृति विसंगती भित्र्याएको छ । फेसबुकले मान्छेको काम गर्ने बानी छुटाएको छ, कर्णाली प्रदेशमा फेसबुक बन्द गरिनेछ।”
यो विषयमा चाहिं मुख्यमन्त्रीले हाललाई फेसबुक ,टुइटर ,युटुब्ब,जस्ता सामाजिक सन्ज्याल लाई भरपूर प्रयोग गरि बिश्व सामु ल्याउनु सबै नागरिकलाई कर्णाली प्रदेशको बारेमा जानकारी दिलाउनु पहिलो शर्त र प्रमुख ऐजणन्डा हो अनि अरु सम्भावनाका बाटा खुल्छन हो अहिले कर्णाली प्रदेश कस्तुरी जस्तो छ जो सङ्ग बिना छ तेसको महत्त्व थाहा छैन अहिले हामीले महत्त्व ,सम्भावना ,अबसर,चुनौति को खोजि गरि अगाडि बढ्नु पर्छ प्रविधिको उपयोग गर्ने हो विरोध हैन पिछडिएको प्रदेशको उत्थान एउटा कामले मात्र संभव छ, त्यो हो प्रविधिको भरपूर उपयोग ।।।

पत्रकार अमर सुनार लेख्छन

फेसबुक बन्द गर्ने र एनजीओ आउट गर्ने योजना राखेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले किन त्यस्तो घोषणा गरे
उनले आफ्नो फेसबुकमा चुनाबताका दैनिक अपडेट छ । त्यपछि चाहिं १२९ दिनको अन्तरमा मार्च १२ तारिकमा हेलिकोप्टरबा खिचेको कालिकोट बजारको दृश्य, अर्को एक कुनै गाउको सूर्योदय दृश्य र एउटा आफ्नो यो फोटो अपलोड छ । सुर्खेतको क्याण्टोनमेण्ट कमाण्डर हुँदा यूएनको डलरमा दिइएको लडाकुको तलव र सुविधा हिसाब गोलमाल गरेको सर्वव्यापी आरोप छ । कति साँचो हो, जीवनभरलाई पुग्ने गरी कमाए रे?




सम्बन्धित समाचार


error: Content is protected !!