कार्यालय समय भित्र फेसवुक चलाउँन प्रतिवन्ध

जाजरकोट । जाजरकोट सदरमुकामको मुटुमा रहेको भेरी नगरपालिकाले फेसवुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको वैठकले यस्तो निर्णय गरेको भेरी नगरपालिका सुचना शाखाले बताएको छ ।
कार्यालय समयमा फेसवुक चलाउँदा काममा बाधा पुग्ने भन्दै फेसवुक चलाउँन प्रतिवन्द्ध लगाएको उपप्रमूख भावना भण्डारीले जानकारी दिईन् । बिहान १० वजे देखि बेलुका ५ बजे सम्म फेसवुक चलाउन नपाईने भएको छ । कार्यालय समयमा निर्णयको बिरुद्धमा गएर फेसबुक चलाएको पाईएमा कारबाही हुँने नगरपालिकाले जनाएको छ । फेसबुकले कार्यालयको काममा प्रत्यक्ष बाधा पुगेपछि यस्तो निष्कषमा पुगिएको उपप्रमूख भण्डारीको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!