साइप्रसमा आखिर किन नेपाली महिलाले आफ्नै बच्चा हत्या

सुमिना कुलुङ

वैदेशिक रोजगारको सिलसिलामा नेपाली चेलीबेटीहरु थुप्रै देशमा हुनुहुन्छ । कोहि आफ्नो सपना पुरा गर्न जान्छ, त कोहि आफ्नो घरको आर्थिक आवस्था कम्जोर भए र बाध्यताले बिदेशीनु परेको छ । थुप्रै नेपाली महिलाहरू काम गर्न जाने देश साइप्रस पनि एक हो,यहाँ विशेष गरि घरेलुु कामदारको लागि ५००० भन्दा बदि 80% महिलाहरु आबद्ध छन् । भने अन्य 3000 जति 20% छन् ।  त प्रत्येक महिना 100 भन्दा वदि आवागमन हुन्छ। यहाँ धेरै नेपाली महिला कामदारहरु विबाहित छन् ।

यहाँ केही ब्याक्ती काममा ८ घन्टा भनेर १४,१५ घण्टा पनि काम गर्न बाध्य छन् भने केही ब्याक्तीहरु फुर्सद भएर अनैतिक काम गरि रहेको छ । यसको फल नराम्रो हुन सक्छन् भनेर कति पनि नसोची गलत बाटो रोजेको हुन्छ। मानिसले गलत बाटो रोज्नु भन्दा पहिले हजारौं पटक सोचेर निर्णय लिन उचित हुन्छ। आज यस्तै एक नेपाली महिलाले गलत बाटो रोजेर हजारौं नेपाली चेलीबेटीको बेइज्जत गरेको जस्तो महसुस भयो।

नाम र फोटो नदेखाये पनि एक नेपाली महिला भनेर साइप्रसको तेलिभिजन अन्लाईन समाचारको अनुसार साइप्रसको राजधानी निकोसिया स्थिती एक नेपाली महिलाले पेट दुखेको समस्या लिएर होस्पिटलमा चेक जाज गर्न गयेको महिलालाई डाक्टरले चेक गर्दा उक्त महिलाले आफ्नो पेटमा रहेको ती अबोध बालक लाई मर्न औसधि सेवन गरेको देखियो उक्त महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरि खोजतलस गर्दा एउटा प्लास्टिकको झोला हाले र आफ्नै कोठामै भित्र लुकाएको भेटियाे।

ती महिलालाई साइप्रस पुलिसले नियन्त्रणमा लिएर उपचार कार्य गरि रहेको छ । यी यस्तो डरलाग्दो निर्णय लिनु भन्दा अगाडि धेरै सोचौं र कृपया गलत बाटो तिर नजाउ।





error: Content is protected !!