जाजरकोटमा ‘लाल मस्तिष्क’ लाई कलाकार खोज्दै रेखा थापा

जाजरकोट, अभिनेत्री रेखा थापा यति बेला बालबिबाहाका विरुद्ध शसक्त अभिनय गर्न सक्ने एक बालिकाको खोजीमा छिन्। जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको अवधारणामा बालबिवाहका विरुद्ध शसक्त अभियानको रुपमा निर्माण हुने फिल्मका लागि बालबिवहावाट वढी प्रभावित जाजरकोटमा थापाले बालिकाको खोजी गरेकी हुन्।

थापाले यस पटक बालबिवाहलाई मुख्य विषय बनाएर चलचित्र निर्माण गर्न लागेकी छन्। रेखा फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रको नाम लाल मस्तिष्क राखिएको छ। थापा र जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीले चलचित्र केन्द्रीय पात्र कर्णाली प्रदेशको जाजरकोटमा १५ देखि १७ वर्ष सम्मको बालिकाहरु मध्यबाट खोजिरहेका छन्।

जाजरकोटवाट चलचित्रका लागि बालपात्र खोज्नुको कारणबारे थापाले भनिन् ‘जाजरकोट लगाएत कर्णाली प्रदेश र नेपाल भरि नै बालबिवाहको दर वढी छ र यथार्थमा यसको पीडा भोगिरहेकै बस्तीहरुमा म यो फिल्मको छायांन गर्न चहान्छु। छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि यो फिल्मले ठूलो योगदान दिने मेरो विश्वास छ।‘

कार्कीसंग सहकार्य गर्दै छोरीहरुका लागि स्वर्णिम नेपाल महाअभियान चलाइरहेकी थापाले यस पटक बालबिबाहविरुद्ध देशव्यापी अभियान चलाउन लाल मष्तिष्क नामक चलचित्र निर्माण थालेकी हुन्।

बालबिबाहका कारण विग्रदै गएको नेपाली समाज र महिलाहरुको जीवनको उद्धारको लागि यो चलचित्र बनाउन लागिएको कार्यकारी निर्माता कार्कीले बताए।





error: Content is protected !!