बिद्युत उत्पादन गृहमा नमुना परिक्षणका सुरुङ्ग निर्माण कार्य सुरु

जाजरकोट नलगाड हाईडा«ेपावर कम्पनीको बिद्युत उत्पादन गृहमा नमुना परिक्षणका लागि सुरुङ्ग निर्माण कार्य सुरु भएको छ ।
सोमवार नलगाड नगरपालिका वडा ७ दल्लीमा ३ सय ३२ मिटर लामो , २ मिटर उचाई , २ मिटर लम्वाई रहेको सुरुङ्ग निर्माण हुँने कम्पनीका पदम थापाले जानकारी दिनुभयो । विद्युत उत्पादन गृहमा (डिपिआर) नमुना परिक्षणको काम सुरु भएको उहाँले वताउनुभयो । स्मेक कम्पनीले डिपिआरको जिम्म लिएको छ । भुमिगत विद्युत उत्पादन गृह निर्माणका लागि यो कार्य गरिएको छ । आज नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलको उपस्थितमा सुरुङ्ग निर्माण स्थलको औपचारिक सुरुवात गरिएको हो । सुरुङ्ग निर्माण कार्य पुरा भएपछि बिद्युत उत्पादन गृहको जमिन कती ,पक्का ,कच्चा छ भनी जानकारी हुँने थापाले बताउनुभयो । अबको १० महिना भित्र सुरुङ्गको परिक्षण कार्य पुरा गर्नुपर्ने सम्झौता स्मेकले नलगाड संग गरेको छ ।
नलगाड हाईडा«ेपावरको बाध स्थलमा अहिले नमुना परिक्षणको काम भईरहेको छ । काममा तिव्रता दिएर आयोजना निर्माण छिटो ,छरितो गर्न नगरप्रमूख रावलले बताउनुभयो । ४ सय १० मेघावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ ।
हेमन्त के सी










