लसुन गाउँ बनाउदै रग्दाबासी

हेमन्त के सी
जाजरकोट  ः दुई वर्ष पहिले खाली हुँने नलगाड नगरपालिका ९ रग्दा स्थित स्थानीयका जग्गाहरु अहिले लसुन खेतिका कारण हरियो देखिन्छ । प्रत्यक घरले लसुन खेति गरेर जग्गा भरी यहाँका किसानहरु आत्मनिर्भर बन्ने योजनामा छन् ।
पर्याप्त सिचाई सुविधा अभाब र परम्परागत खेत प्रर्णालीका कारण समस्य भोग्दै आएका रग्दाका किसानले अहिले आफ्नो जमिनमा सिचाइ पाएपछि लसुन खेति तर्फ ध्यान दिएको स्थानीय डम्वर रावतले जानकारी दिनुभयो ।

करिव ४० घर धुरी रहेका यहाँका किसानले एक वर्ष अघि देखि लसुन खेति गरि आम्दानी हुँन थालेपछि गहुँवाली लगाउँन छाडेर लसुन खेतितर्फ लागेको रावतले बताउनुभयो । वर्षायाममा मकै र हिउँद याममा लसुन खेति लगाउँदा आम्दानी बढेको अर्का किसान मोती ध्यारले बताउँनुभयो । यूएसएआईडी को आर्थिक सहयोगमा पहल कार्यक्रमले लसुनको खेति गर्न सहयोग गरेको ध्यारले बताउनुभयो । दुई वर्ष पहिले एक किलो लसुन पाँउन तीन घण्टा हिडेर पसल धाउने रग्दावासीहरु अहिले आफ्नै बारीमा क्वीन्टल लसुन फलाउन थालेपछि आर्यस्रोत समेत बढेको बताउन थालेका छन् । नलगाड नगरपालिकाले लसुनको पकट क्षेत्र घोषणा गरि किसानलाई थप सहयोग गर्ने नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिनुभयो ।
लसुन खेति बिस्तार गरि व्यवसायिक रुपमा नै आत्मनिर्भर गाउँ बनाउँन लागि योजना बनाएको नलगाड नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । ठुलो मात्रामा जमिन भएकाले सिचाई सुविधा कम भएको भन्दै सिचाई तर्फ ध्यान दिन नगरप्रमुख रावल संग स्थानीयबासीले माग गरेका छन् । परम्परागत खेति भन्दा माथि उठेका यहाँका स्थानीयहरु कृषि कार्यालयवाट समय ,समयमा अनुगमण गर्न र आवश्यक सल्लाह दिन आग्रह समेत गरेका छन् ।





error: Content is protected !!