राष्ट्रिय कर्मचारी संगठन नलगाड नगरपालिका जाजरकोट शाखाका अध्यक्षमा खडका।

जाजरकोट ।
ने•क•पा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन नलगाड नगरपालिकाका अध्यक्षमा मोहन खडका चयन हुनु भएको छ।जिल्ला समुन्वय समिती जाजरकोटका संयोजक मन बहादुर रावल,नगर प्रमुख टेक बहादुर रावल,उप प्रमुख बाल कुमारी बस्नेत,ने क पा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समिती सदस्य डम्बर बहादुर रावतको उपस्तिथि र राम कुमार गौतमको अध्यक्षतामा भएको भेलाले आज मोहन खडकाको अध्यक्षतामा १३सदस्यीय नगरपालिका स्तरिय कर्मचारी संगठनको गठन गरिएको छ।
जस अन्तरगत उपाध्यक्ष भिम बहादुर खत्री ,कोषध्यक्ष शिबराज हमाल, सह सचिब महेश अधिकारी ,सदस्य सचिब भगवती जैसी गरि जम्मा १३सदस्यीय समिती गठन गरिएको छ।
त्यस्तै सल्लाहकारहरुमा राम कुमार गौतमको संयोजकत्वमा ७सदस्यीय सल्लाहकार समिती पनि निर्माण गरिएको छ।
नगर स्तरमा कर्मचारीले पनि नगर परिबर्तन तथा जन स्तरमा हकहितमा कार्यमा पनि महत्वपूर्ण योगदान हुने भएकाले नगर स्तरीय कर्मचारी संगठन गठन गरिएको अध्यक्ष मोहन खडकाले बताउनु भयो।फाेेटो फिचर:



जाजरकोट ।










