१३ वर्षकै उमेरमा गरिएको बालबिवाह रोके अभिभावकले

जाजरकोट, गाउँ ,गाउँमा जनचेतना बढेसंगै बालबिवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका वडा ८ काब्रा का १३ वर्षीय चन्द्रिका चदाराको बालबिवाह रोकिएको छ ।
पंञ्च भयार मावि जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड १ चिउरीका १५ वर्षीय प्रेम विकले सोमवार भगाएर लिएका थिए । भगाएर गरिएको बालबिवाहले फाईदा नगर्ने भन्दै छात्राका बाबा जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको सहयोगमा छोरीको पोईली घरवाट फागुन ३० गते नै छोरी फिर्ता ल्याएका छन् ।
बालबिवाह गरेर छोरीको पढाई , स्वास्थ्य समेत हाँनी,नोक्सान हुँने जयलालको दावी छ । गाउँ गाउँमा बालबिवाह बाट हाँनी नोक्सानीका बिषयमा अभिभावकहरु सचेत बन्दै गएको पाईएको छ ।





error: Content is protected !!