जाजरकोटका शिक्षक अनुशासन पढाउन असफल वनेको नागरिकको दावी । वजार क्षेत्रमा पूरुष संगै मदिरा सेवन गर्ने महिलाको संख्या वढ्दो , घरेलु हिसां वढ्ने संकेत

वालकुमार शर्मा
जाजरकोट , जाजरकोटका विभिन्न विद्यालयमा अध्ययन गर्ने छात्रहरु अनुशासनको क्षेत्रमा न्युन देखिएका छन् । छात्राको भन्दा छात्रहरु पछिल्लो समय अनुशासन हिन हुदै गएको पाइएको हो ।
वजार क्षेत्रमा वालवालिकाको अनुशासनको सुक्ष्म अध्ययन गरिरहेको पाइला न्युजको एक टोलिले वजार भित्र फोहोर र अश्लिल वोल्दै सार्वजनिक स्थलमा हिड्को संख्या गत वर्षहरु भन्दा स्थानीय तहको निर्वाचन पछि वढि भएको पाइएको रेकर्डमा राखेको छ ।
गत मसिंर देखि गरिएको रेकर्ड अनुशार माघ अन्तिम सम्म् वजार क्षेत्रमा दिउसै सडकमा पिसाव फेर्ने युवाहरु ५० को हाराहारीमा छन् । वसपार्क देखि गैरिखाली आउने वाटोमा दिउसै सार्वजनिक स्थलमा पिसाव फेर्नेहरुको संख्या पनि वढेको छ पाइलान्युजको रेकर्ड अनुशार २ दर्जन वढि भेटिएको थियो । ठाटिवजार देखि गैरी खाली सडकमा फोहोर शव्द उच्चारण गर्दे हिड्ने त्रिभुवन माविका विद्यार्थी वढि छन त्यस पछि फाटफुट मात्रामा वाटो हिड्ने वटुवाहरु रहेको पाइएको हो ।
निजि क्षेत्रका वोडिगं स्कुलमा पढ्ने वालवालिकाहरु भने वाटोमा हिड्दा अश्लिल शव्द निकालेको पाइएको छैन ।यसरी हेर्दा जाजरकोटमा सरकारी विद्यालयमा पढ्नेहरु अनुशासनको मात्रात्मक अवस्था कम्जोर वन्दै गएको देखिएको छ ।
किन यस्तो हुन्छ यस वारेमा शरोकारवाला निकायले समेत खासै चासो नदिने गरहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाइ छ ।
पछिल्लो समय अभिभावकहरु समेत यस्ता विषयमा ध्यान दिन छोडेका छन् वरु आप्mना वालवालिकालाई पास गराउने तिर जोड दिने तर अनुशासनको विषयमा छलफल समेत नहुने गरेको एक शिक्षकको भनाइ छ ।
हालै सम्पन्न् त्रिभुवन मावि खलंगाको ६५ औ वाषिक उत्सवको वेला समेत अधिकासले विद्यालयको , नेताको आलोचनात्मक भाषण गरे तर अनुशासनको विषयमा कसैले पनि आवाज उठाएन । यो विस्तारै हराउदै गएकोले जाजरकोटका शिक्षक अनुशासन पढाउन असफल भएका छन् अर्का नागरिक अगुवा तथा पूर्व शिक्षक केशव जंग शाहले वताउनु भयो ।
जाजरकोटको सदरमुकाम मात्र नभएर गाउ गाउमा समेत विद्यालय संगै टोल समाजमा समेत अनुशासनको कमी हुदै गएको महशुष गर्न थालिएको छ ।
घर परिवार दिदि भाइ वसेको ठाउमा उनीहरुलेनै मदिरा सेवन गरेको अवस्थामा वढि मात्रामा अश्लि गालि गलौच गर्ने गरेको सहजै सुन्न सकिन्छ । यस्तै वजार भित्र गुट्का मसला , शुद्ध पलस , श्यामवहार जन्य गुटका खाएर जथाभावि थुक्दै , उराउदै गरेको पनि जहि तहि देख्न सकिन्छ । सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने , चुरोट सेवन गर्ने प्रशस्त मान्छे देख्न सकिन्छ तर यस वारे अनुशासन र नैतिकता एकादेशको कथा वन्दै गएको स्थानीय वुद्धिजिवीको भनाइ रहेको छ ।
जाजरकोट वजार क्षेत्रमा हिजो आज पूरुष संगै महिलाले समेत वेलुकी पख मदिरा सेवन गर्नेको संख्या वढेको एक अध्ययनले देखएको छ ।जसले गर्दा घरेलु हिसां वढ्नु प्रमुख कारण भए पनि यस वारे शरोकारवाल निकाय वेखवर जस्तै देखिनथालेका छन् ।
वढ्दो शहरीकरणको झल्को आउने गरि हिजो आज मोटर वाइक चलाउनेको सख्या पनि जाजरकोटमा वढ्दै गएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले प्रमुख सडक ए लाइन वस पार्क देखि सिटिजन्स वैक सम्म चेकजाचमा कडाइ गरे पछि गैरीखाली हुदै वाग्लुग होटल भएर ठाटि जोडिनेको सख्या वढ्दै जान थालेको छ । सडक अझै तयार नभई सकेको वाटोमा जथाभावि वेतालमा वाइक चलाउदा जति खेर पनि दुर्घटना निम्तने अवस्था आएकोले ट्राफिकले यस्ता विषयमा ध्यान दिन जरुरी रहेको स्थानीय शिक्षक लालवहादुर चन्दको भनाइछ ।
सडक वन्दै गरेको भए पनि पूर्ण रुपमा तयार नभई सकेको अवस्थामा यातायातका साधन खुलेरै चलाउने अवस्था नआएकोले आफुले टेक्टरवाट वालुवा ढुगां ल्याए पनि महंगो ज्याला खर्च गर्नू परेकोे वहाको अनुभव छ ।










