जथाभावी सडक निर्माणले समस्य थपिदैँ

जाजरकोट,  जिल्लाका बिभिन्न ठाउँमा निर्माण गरिएको सडकमा वातारणीय मुल्याकंन नै नगरेको पाईएको छ । ७ वटा स्थानीय तहमा निर्माण कार्य धमाधम चलिरहेका सडकमा वातावरणीय मुल्याकंन नगरेको पाईएको हो ।
जथाभाबी वातारणीय मुल्याकंन नगरि निर्माण गरिएका सडकले वर्षायाममा ठुलो दुर्घटना निम्तिने सम्भाबना बढेको सरोकारवालाको भनाई छ । सडक निर्माण अघि माटोको अवस्था पत्ता लगाउँन वातारणीय मुल्याकंन गर्नुपर्ने भएपनि त्यसको सामान्य नमुना समेत प्रयोग नगरेको पाईएको हो । जनप्रतिनिधीले नै डोजर लिएर वातारणीय मुल्याकंन बिना नै जथाभावी सडक निर्माण गर्दा थप समस्य आएको स्थानीयको गुनासो छ । छेडागाड नगरपालिकाको बिभिन्न वडामा , बारेकोट गाउँपालिका बिभिन्न वडामा , भेरी नगरपालिका बिभिन्न वडामा , नलगाड नगरपालिका वडा ८ मा जनप्रतिनिधीले आफै डोजर ल्याएर सडक निर्माणमा जुटेको पाईएको छ । आफै जनप्रतिनिधी आफै उपभोक्ता समिति बनेर डोजर प्रयोग गरेको पाईएको छ ।
बिना वातावरणीय मुल्याकंन सडक निर्माण गर्दा अहिले निर्माण गरिएको सडक सवै काम नलाग्ने अवस्था रहेको सरोकारवालाको भनाई छ । सडक गुर्णस्तर भन्दा पनि नाफा लिनका लागि निर्माण गरिएको सडकहरु दिगो नहुँने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । गाउँ गाउँमा अहिले दर्जनौ डोजरहरु सडक निर्माणमा लगाएका छन् । अहिले खनिएका सडकवाट यहाँका दर्जनौ बस्तीहरु जेखिममा पर्ने निश्चित भएको छ । भिरालो जमिन का साथै कच्ची भु वनोटमा निर्माण गरिएको सडकले विकास भन्दा बिनास ल्याउने आमनागरिकको भनाई छ ।





error: Content is protected !!