विमान दुर्घटनामा ४५ को मृत्यु


काठमाडौं ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगलादेशको विमान दुर्घटनामा ४५ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए। २७ जनाको शव दुर्घटनास्थलमा छ भने बाँकीको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए। उद्दार कार्य अझै जारी रहेको छ। चालकदलका सदस्य सहित ७१ जना सवार विमान अपराह्न २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो। विमानमा ३३ नेपाली दुर्घटना भएको विमानमा ३३ जना नेपाली रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। बाँकी यात्रु विदेशी रहेको बताइएको छ।










