जिरो टू र टू जिरोको कन्फ्युजन , विमानस्थलका महाप्रबन्धक भन्छन्, ‘यसरी खस्यो विमान’

बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४ः२० बजे त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।

– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।

– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।

– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो रु’

– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।

– फेरि टावरले ‘आर यु ओके रु’ भनेर सोध्यो ।

– पाइलटले ‘वि आर ओके’ भन्यो ।

– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन ।

– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।

– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।

– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।

– तार भत्काउँदै खाल्डोमा गयो ।

– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ ।

– तत्कार उद्दार सुरु भयो ।

– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए ।

डिस्कभरी न्यूज नेटवर्क ।




सम्बन्धित समाचार


error: Content is protected !!