नलगाडले दोस्रो नगर परिषदवाट कृषि क्षेत्रलाई प्राथिमकता दिईन्छ ? – नगर प्रमुख रावल

जाजरकोट ।दोस्रो नगर सभाको लागी नलगाड नगरपालीकाले आफनो कार्यक्रमहरु अन्तिम चरणमा पुरयाएको छ । आज देखि शुरु भएको सभाका लागी वडा अध्यक्ष लगाएत सदस्यहरु ,कार्यपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
मंन्च व्यवस्थापन लगाएत नगर सभामा आवस्यक पर्ने सम्पुर्ण सामाग्रीहरु व्यवस्थापन गरिसकेको सव इन्जिनियर मोहन बहादुर खडकाले जानकारी दिनु भयो ।

शुक्रवार देखि नलगाड नगरपालीकाका पार्षद सदस्यहरु सहित आगामी वर्षमा नगरपालीकाले गर्ने कामका विषयमा छलफल भैरहेको नलगाड नगरपालीकाका नगर प्रमुख टेक बहादुर रावलले बताउनु भयो ।
पार्षद सदस्यहरुको बैठकले नलगाड नगरपालीका वडा नं।१ देखि वडा नं।१३ सम्म रहेका स्थानिय नागरिकहरुलाई औषिधि उपचारमा सहजता ल्याउनको लागी नेपाल सरकारले लागु गरेको स्वास्थ्य विमालाई अनिबार्य नगरमा लागु गर्न लाग्न सवै सदस्यहरुलाई स्वास्थ विमाको वारेमा स्थानिय स्तरमा नागरिकहरुलाई जानकारी गराउन नगर प्रमुख टेक बहादुर रावलले आग्रह गर्नु भयो ।
आइतवार देखि संचालन हुने नगर सभाले नलगाड नगरपालीकालाई कृषि उत्पादनमा जोड दिने भएको छ । स्थानिय नागरिकहरुको मुख्य पेशा कृषि भएकोेले कृषि क्षेत्रलाई आधुनिकिकरण वनाएर लिने ठाउ अनुसार कृषकहरुलाई फरक फरक खेति तर्फ प्रेरणा दिएर नलगाड नगरपालीकालाई कृषि पेशामा आत्म निर्भर वनाउन पहल गर्ने वताउनु भयो ।
शनिवार बसेको पार्दष सदस्यहरुको बैठकले नलगाड नगरपालीको पहिलो नगर सभाले अनुमोदन गरेका कृषि,स्वास्थ्य ,शिक्षा लगाएत नगरपालीकाले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
आजै नलगाड नगरपालिकाको नवनिर्मित सभा कक्षको उदघाटन र स्थानिय तहको शासन र सार्वजनिक सेवा प्रवाहका आयाम विषयक अभिमुखिकरण समेत सम्पन्न भएको छ । नागरीक समाजका संयोजक तथा नलगाड नगरपालिकाका परामर्शदाता राजेन्द्र विक्रम शाहले उक्त गोष्ठीको संचलन तथा सहजिकरण गर्नु भएको थियो ।
यस अभिमुखिकरण गोष्ठीले स्थानिय स्तरमा काम गर्न सहज हुने वडा अध्यक्षहरुको भनाइ रहेको छ ।
आइतवार देखि संचालन गरिने दोस्रो नगर सभाको लागी सम्पुर्ण तयारी भै सकेको स्वाकीय सचिव लोकेन्द्र शाहीले वताउनु भयो ।










