नलगाड नगरपालिकाको दोस्रो नगरसभा यसरी उद्घाटन गरियो (फोटो फिचर)


जाजरकोट नलगाड नगरपालिकाको दोस्रो नगरसभा दल्लीमा उद्घाटन गदै जिल्ला समन्वय समिति जाजरकोटका मनवहादुर रावल । नगरसभाले १ वटा विद्येयक, १ नियमावली, १ निर्देशिका र ४ कार्यविधी पास गर्ने तयारी भएको छ ।


जाजरकोट नलगाड नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन हुँनु अघि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार गराईरहेका विरामीलाई फलफुल वितरण गदैँ जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल । यहाँका आधा दर्जन विरामीलाई फलफुल वितरण गरिएको छ ।
नलगाड नगरपालिकाको दोश्रो नगर सभा आईतवार देखि दल्लीमा सुरु भएको छ । स्तानीय तह सञ्चालन कार्यविधि २०७४ अनुसार नलगाड नगरपालिकाको दोश्रो नगर सभा सुरु गरिएको हो ।
भ्रष्टाचारलाई अन्त्य गरि सुशासन प्रवद्र्धन गर्न नलगाड नगरपालिकाको दोश्रो नगर सभाले नयाँ विधिको खोजी गर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वताएका छन् । दोश्रो नगर सभाको उद्घाटन सत्रमा नगर प्रमुख रावलले यस्तो वताएका हुन् ।
उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै नगर प्रमुख रावलले भने–‘भ्रष्टाचार हुन्छ र भयो भनेर सदै भरी सबैले कुरा उठाउने गरेको भएता पनि भ्रष्टाचारको अन्त्य कसरी गर्ने भनेर विधिको खोजी कहिले पनि कसैले गरेको छैन् ।’ भ्रष्टाचारको अन्त्य गरि सुशासन प्रवद्र्धन यसपालिको नगरसभाले नयाँ विधिको खोजी गर्ने वताउदै प्रमुख रावलले भने–‘हामी यस नगर सभाको वन्द सत्रमा नगरपालिकाको ऐन, विभिन्न निर्देशिका र कार्यविधिहरुलाई दफ्फावार छलफल गरि पास गर्ने छौं ।’
जनताको जीवन समृद्धीका लागि पहिले स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने वताउदै प्रमुख रावलले स्वस्थ जीवन जिउनका लागि सरसफाईमा जोड दिनुको साथै सबैको घर–घरमा स्वच्छ खानेपानी ब्यबस्था गर्ने वताए । बरोजगारी सस्यालाई समाधान गर्न र स्वस्थ जीवनका लागि पोषणयुक्त भोजनको ब्यबस्था गर्न नगरपालिकाले कृषिलाई जोड दिने उनले वताए । कृषिका क्षेत्रमा नगरपालिकाको वडा नम्बर १ र २ लाई मौरीको पकेट क्षेत्र, ३ नम्बर वडालाई सुन्तला जोन्, वडा नम्बर ५ लाई मकैको पकेट क्षेत्र, वडा नम्बर ७ लाई धानको पकेट क्षेत्र र वडा नम्बर १२ र १३ लाई स्याउको पकेट क्षेत्रमा विकास गरेर लैजाने उनले वताए ।
त्यसैगरी संसारले बुझ्न तथा अध्ययन गर्न सबैको घर–घरमा विद्युत्त, सवै वडा कार्यालयमा सडक निर्माण, विस्तार र व्यबस्थापन आफ्नो परिकल्पना रहेको प्रमुख रावलले वताए । नितीगत निर्णय गरेर नगरपालीकाले शैक्षिक विकासका कामलाई अगाडी वढाउने, मातृ तथा नवजात शिशु मृत्युदरलाई न्युनिकरण गर्नका लागि नगरपालिका निकै गम्भिर भएको वताउदै प्रमुख रावलले पाठेघर खसेका महिलाहरुको उपचारका लागि चालु आर्थिक बर्षमा ५ लाख रुपैया वजेट विनियोजन गरिएको वताए ।
३० गते सम्म चल्ने नगर सभाको बन्द सत्रले आर्थिक ऐन २०७४, नगरपालिकाको कार्यविभाजन नियम २०७४, नगर कार्यपालिकाको बैठक संचालन कार्यविधि, नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४, भ्रमण खर्च निर्देशिका २०७४ लाई दफ्फावार छलफल गर्ने प्रमुख रावलले जानकारी दिए ।
पानसमा बत्ती वालेर दोश्रो नगरसभाको उद्घाटन जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावलले गरेका थिए । सभाको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका संयोजक मनवहादुर रावल , नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त के सी लगाएतले नगरसभाको सफलताको कामना व्यक्त गरेका थिए ।











