नवराज सिलवालबारे प्रहरीले नै गर्यो यस्तो खुलासा

काठमाण्डौँ – प्रहरी प्रधान कार्यालयले एमाले सांसद नवराज सिलवाल फरार अभियुक्त नभएको बताएको छ । केही समय अघि प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका सिलवालले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरे लगतै प्रहरी प्रधान कार्यालयले यस्तो बताएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डीआईजी मनोज न्यौपानेले किर्ते मुद्दा प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाएकोले अब सिलवाललाई पक्राउ गर्ने–नगर्ने भन्ने उसैको हातमा रहेको बताए । उनले भने, ‘अनुसन्धानको फाईल सरकारी वकिलको कार्यालयमा छ, सरकारी वकिलको कार्यालयले सिलवाललाई पक्राउ गरेर अनुसन्धान अघिबढा भने गर्ने हो, होईन भने अहिलेको अवस्थामा सिलवाललाई फरार भन्न मिल्दैन ।’

प्रहरीको अति गोप्य मानिने कार्य सम्पादन मूल्याङ्न फाईल किर्ते गरेको आरोप लाग्दै आएको छ । गत फागुन २० गते प्रतनिधिसभा सदस्यका लागि राखिएको शपथ ग्रहण समारोहमा समेत सिलवाल सहभागी भएका थिए ।





error: Content is protected !!