विप्लवसँग सहकार्य गरेरअघि बढ्न माओवादी तयारः जनार्दन शर्मा

अर्घाखाँची, – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेदेखि पार्टी एक भइसकेको बताएका छन् । उनले केही संरचना निर्माण गर्नका लागि मात्र समय लागेको बताएका हुन् ।
प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले गरेको पत्रकार सम्मेलनमा शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारमा मधेसवादी दललाई समेत समेटेर शक्तिशाली दुइ तिहाईको सरकार बनाउने बताए। मधेसवादी दलसँगको निरन्तर छलफलबाट सहमतिको अन्तिम अवस्थामा पुगिसकेको दाबी गरे। देशको समृद्धिका लागि प्रतिपक्षलाई पनि साथ लिएर जाने उनको भनाइ थियो ।
नेता शर्माले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’लाई दमन नगरेको बताउँदै विप्लवसँग सहकार्य गरेरअघि बढ्न तयार रहेको बताए । फरक प्रसंगमा नेता शर्माले सदनमा समृद्धको बहस तथा भष्ट्राचार अन्त्य गर्ने बहस पहिलोपटक चलेको बताउँदै देश समृद्ध बनाउने दिशामा अघि बढेको दाबी गरे ।










