भारतको रुद्रप्रयासमा जाजरकोटीको मृत्यू

जाजरकोट , यहाँको नलगाड नगरपालिका ८ स्वाँराका हरीवहादुर विकको ट्याक्टर दुर्घटनामा परि विहिवार बेलुका मृत्यू भएको छ । भारतको उत्तर प्रदेश रुद्रप्रयास गढुवाल स्थित घर निर्माणका लागि ट्याक्टरमा ढुङगा राखि ट्याक्टर चलाएर आउदा दुर्घटना परि विकको मृत्यू भएको हो । विक दुई महिना अघि मात्र कामको खोजिमा भारत गएका थिए । उहाँका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् । ६५ वर्ष नाँघेका बाबा ,आमा रहेका छन् ।








