प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा ?

काठमाण्डौँ , – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै उनीविरुद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दाको पेसी पर्सी शुक्रबारका लागि तोकिएको छ ।
अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ ९२० र ८८ विपरीत भएको भन्दै उत्प्रेषणको आधारमा ओलीको नियुक्ति वदर गरी तत्काल प्रधानमन्त्री रुपमा रहेका देउवा नेतृत्वको कमचलाउ सरकारलाई पुनःस्थापना गरी संसदको अधिवेशन डाकेर पुनः प्रक्रियामा लगि प्रधानमन्त्रीको निर्वाचन गराउन रिटमा माग गरिएको छ ।










