जुफालबासी भन्छन् सरकारको निर्णय स्वागतयोग्य,दुनैबासी भन्छन् छलकपट

रामचन्द्र न्यौपाने डोल्पा) २२ फागुन / ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सर्न जनताको माग र आवास्यक्ता भएको जुफाल र माझफाल बासिको भनाइ रहेको छ ।
भुगोल र जनसंख्याको तुलना र जनतालाइ नगरपालिकाले दिने सेवा जुफालबाट नै सहज हुने भएकोले नगरसभाले गरेको निर्णयमा सरकारले गरेको निर्णय स्वागत योग्य रहेको वडा नं.९ का अध्यक्ष बिरमलकुमार भण्डारीले बताए ।
उनले भने यदि बिधि पुगेकै हैन भने कानुनि बाटो छ प्रकृयामा जानु राम्रो हुन्छ तर सर्वसाधारण जनतासंग रिस पोख्नु राम्रो होइन ।
आन्दोलन गर्नु भन्दा पनि बिधि र बिधानले गलत लागेको निर्णय सच्याउन पर्ने जनप्रतिनिधिहरुले बताए ।
बहुमतले नगरपरिषदबाट पारित भएको कारण सरकारको निर्णय गलत नभएको उनिहरुको दावी रहेको छ ।
शनिबार आन्दोलनका क्रममा पत्रकार माथि भएको आक्रमणको जुफाल र माझफालका जनप्रतिनिधिले निन्दनीय भएको भन्दै भत्र्सना गरेका छन ।
घटना जस्तो सुकै भए पनि पत्रकारहरु माथिए द्रुब्वहार नगर्न र स्वतन्त्र रुपमा सुचना संकलन गर्न दिनु पर्नेमा सबैले सहयोग गर्नु पर्नेमा उनिहरुको जोड रहेको छ ।
पहिले कायम सदरमुकाम दुनैमा कायम गरिएको केन्द्र जुफाल सारेपछि भने सदरमुकामबासी छ दिन देखि आन्दोलमा छ। डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिषयमा दुनै पाचौं दिन पनि बन्द रह्यो ।
ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको भन्दै १६ फागनु देखि सदरमुकामबासी आन्दोलित भएकाहुन् ।
नगरको केन्द्र पुनःदुनै सार्न माग राख्दै दुनैमा आइतबार संघ्रस समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्रीको कार्यालय,प्रदेशमा मुख्य मन्त्रीको कार्यालयमा आफना माग सहित ६ बुधे ज्ञापन पत्र बुझाएको छ ।
आन्दोलनका चरणहरुको कार्य तालिका सार्वजानिक गर्दै ज्ञपान पत्र बुझाएको संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए ।
ठुलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले जालसाजी र झ्ुक्कयाएर रातिराति नै केन्द्र जुफालमा सारेकोले सकारले फागुन १६ गते गरेको निर्णय सच्याउनु पर्ने दुनै बासिको माग रहेको छ ।
जिल्ला प्रदेश र केन्द्र सम्म दवाद दिएर सरकारले गरेको निर्णय सच्यारै छोड्ने दुनै र काठमाण्डौको संघ्रस समितिको दावी रहेको छ ।
उनिहरु भन्छन स्थानीय सरकारको प्रमुखले जालझेल र जनतालाइ झुक्याउने काम गरे जनमतको कदर गरेनन ।
सेवा लिए पनि लुकीछिपी लिनु परेको नागरिकहरु बताउछन ।
आन्दोलनमा सहयोग गरिदिन भन्दै आग्रह गरे पछि दुनै बजारका सबै ब्यावसायिहरुले बन्दको पालना गरेका छन ।
दैनिक लाखौको क्षेति ब्यहोरे पनि बन्दको अबज्ञा नगरेको ब्यापारीहरुले बताए । ब्यावसायिको नोकसानीको मध्यनजर गर्दे सोमबार देखि बिहान ११ बजे सम्म र बेलुकी ५ बजे पछि बजार खुल्ला गरिने निर्णय संघ्रस समितिले जानकारी दिएको छ ।
तर सरकार तथा गैरसरकारी कार्यालय र बिद्यालयहरु भने खुल्न नदिने बताएको छ ।
शिक्षा लिनबाट बालवालिका बञ्चित रहेका छन भने एसईई दिने वालवालिकाले समेत परिक्षाको तयारि कक्षा लिन पाएका छैनन ।
बन्द आन्दोलन जे गरे पनि बिद्यालय खुल्न दिनु पर्ने अभिभाबकको माग रहेको छ । तर यता आन्दोलन गनेैहरुले भने एक निष्कर्ष नआउनजेन सम्म कुनै पनि हालतमा बन्द नखुल्ने बताएका छन ।
नगरपालिकाको केन्द्र सर्नु जनताको माग,सरकारको निर्णय स्वागत योग्य
ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सर्न जनताको माग र आवास्यक्ता भएको जुफाल र माझफाल बासिको भनाइ रहेको छ ।
भुगोल र जनसंख्याको तुलना र जनतालाइ नगरपालिकाले दिने सेवा जुफालबाट नै सहज हुने भएकोले नगरसभाले गरेको निर्णयमा सरकारले गरेको निर्णय स्वागत योग्य रहेको वडा नं.९ का अध्यक्ष बिरमलकुमार भण्डारीले बताए ।
उनले भने यदि बिधि पुगेकै हैन भने कानुनि बाटो छ प्रकृयामा जानु राम्रो हुन्छ तर सर्वसाधारण जनतासंग रिस पोख्नु राम्रो होइन ।
सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन भई सके पछि नगरपालिकाको कार्यालय जुफालबाट नै सञ्चालन हुने र कर्मचारिहरु सबैले जुफालबाट नै जनतालाइ सेवा प्रदान गर्नु पर्ने अन्य वडाका अध्यक्षहरुलो बताए ।
आन्दोलन गर्नु भन्दा पनि बिधि र बिधानले गलत लागेको निर्णय सच्याउन पर्ने जनप्रतिनिधिहरुले बताए ।
बहुमतले नगरपरिषदबाट पारित भएको कारण सरकारको निर्णय गलत नभएको उनिहरुको दावी रहेको छ ।
शनिबार आन्दोलनका क्रममा पत्रकार माथि भएको आक्रमणको जुफाल र माझफालका जनप्रतिनिधिले निन्दनीय भएको भन्दै भत्र्सना गरेका छन ।
घटना जस्तो सुकै भए पनि पत्रकारहरु माथिए द्रुब्वहार नगर्न र स्वतन्त्र रुपमा सुचना संकलन गर्न दिनु पर्नेमा सबैले सहयोग गर्नु पर्नेमा उनिहरुको जोड रहेको छ ।
जुफालबासी के भन्छन्
दुनैमा रहेको नगरपालिकाको केन्द्र ०७४ फागुन १६ गते जुफालमा कायम गरिएको सुचना राजपत्रमा प्रकासित पछि खुशियाली भएका जुफालवासी पनि दिर्घकालिन रुपमा केन्द्र कायम राखेर अस्तित्व बचाई राख्नको लागि दिनहुँ जसो कुटनितिक छलफल र भेलामा केन्द्रित छन ।
जुफालका नागरिक अगुवा बालकृष्ण डाँगी पहिलाको संरचनाको हिसावले नगरपालिकाको केन्द्र दुनैमा ठिक भए पनि संघिय संरचना र कानुन अनुसार सिँहदरवारको अधिकार घरघरमा हुनु पर्ने मान्यतामा सबैको र सधैको पायक पर्ने ठाउँ जुफाल भएकाले केन्द्र जुफालमै उपयुक्तm भएको बताउँछन ।उनले भने “सदरमुकाम रहेकाले दुनैमा धेरै बिकास भईसकेको छ ठुला सरकारी कार्यालय पनि उतै रहन्छन शक्ति बाँडफाँडको हिसावले पनि केन्द्र जुफालमा हुनु जायज छ ।
के भन्छन जनप्रतिनिधि
ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही र कार्यकारी अधिकृत गोबिन्द सुनारको मिलोमतोमा किर्ते जालसाजी गरेर केन्द्र दुनैबाट जुफाल सारेकाले जनप्रतिनिधि र जनतालाई ६ महिनासम्म निर्णय गुम्राहमा राख्नु पनि फौजदारि अपराध ठह्र्ने भएकाले कारवाही गरि दुनैमा नै केन्द्र कायम गरि पाउँ भनेर आफुहरु सडक आन्दोलनका साथ साथ कानुनी उपचारको लागि संघिय अदालत जाने तयारीमा रहेको उपमेयर योगेन्द्रबहादुर शाहीले बताए ।
आफुहरुले कुनै जालसाजी र किर्ते नगरेर उपस्थित नगर पदाधिकारीको सर्बसम्मत निर्णयबाटै केन्द्र दुनैबाट जुफाल सारेको र जनताको सहज पहुँच र सबैको पायक पनि जुफाल नै भएकाले यसमा बिवाद गरि रहनुको कुनै अर्थ नरहने मेयर गणेश शाही बताउँछन ।
कसैले आफुलाई अन्याय भयो भनेर कानुनी उपचार खोज्नु न्याय संगत भएको तर न्याय लिनका लागि हिंसात्मक र नागरिकलाई सास्ती हुने गरि आन्दोलन गर्नुको तुक नभएको मेयर शाहीको भनाई छ ।








