पत्रकारमाथि आक्रमणःराष्ट्रिय मानवअधिकार आयोगको ध्यानकार्षण,महासंघको पे्रस बिज्ञप्ती

दुनै(डोल्पा) २० फागुन
डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा भएको आन्दोलनमा शनिबार जिल्लाका पत्रकार माथि भएको आक्रमणको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण भएको छ ।
राष्ट्रको चौथो अंग तथा मानव अधिकार रक्षक माथि नै आन्दोलनकारीको सामुहिक आक्रमण हुनु निन्दनीय र मानवअधिकार हननको काम भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका सुचना अधिकारी टंक खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पिडित र पिडक दुबै पक्षलाई सोधपुछ गरिसके आन्दोलनका क्रममा भएको पत्रकारमाथीको हमला गलत भएको आन्दोलनको नेतृत्व गरेका एक ब्यक्तिले स्विकार गरीसके,अबका दिनमा यस्ता घटनाहुने नदिने उनले बताएका छन् आसा गरौँ अब यस्तो नहोला खनालले भन्नुयो ।
पत्रकारमाथि भएको आक्रमणको बिषयमा शनिवारनै गल्ती स्विकार गरेसकेकाछौँ आन्दोलनकारीले भनेको कुरा खनालले उदृत गर्नुभयो ।
पत्रकार महासंघको प्रेस बिज्ञप्ती
शनिबार दुनैमा जारी आन्दोलनमा आन्दोलनकारीहरुले समाचार प्रशारण नगरेको भन्दै अन्नपूर्ण पोष्ट,कान्तिपुर र सामुदायिक रेडियोका जिल्ला समाचारदाता माथि सामुहिक अक्रमण गरेका थिए । प्रहरीले सुरक्षा दिँदा दिँदै पनि पत्रकार कान्तिपुरकर्मी बिष्णुलाल बुढालाइ चोट लागेको थियो भने अन्य पत्रकारलाइ प्रहरीले सुरक्षा दिएको थियो ।
समाचार संलनका क्रममा गएका पत्रकार माथि आन्दोलनमा रहेका केहि ब्यक्तिहरुले सामुहिक आक्रमण गर्नु गलत भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले खेद प्रकट गर्दै ध्यानकर्षण भएको जानएको छ ।
आयोगले भनेको छ शान्त र मर्यादित तरिकाले आन्दोलन गर्नु पर्छ,कुनै पनि नागरिकको अधिकार हनन गर्न पाँईदैन् ।
नगरपालिकाको केन्द्र सारेको बिषयमा आन्दोलनमा रहेको आन्दोलन कारिहरुले पत्रकार माथि आक्रमण गरे पछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले आइतबार प्रेश बिज्ञेप्ती समेत जारी गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ स्वतन्त्र पत्रकारीता माथि केहि गैर आन्दोलन कारिले हस्तक्षेप गरेको आरोप लागाएको छ ।

पत्रकारमाथि द्रुब्यवहार गर्ने ब्यक्ति र संघ्रस समितिले सामुहिक रुपमा माफि मागे पनि अबका दिनमा यस्ता घटना नदोहोर्याउन र घटना घटाए कानुनी हिसाबले दोषिलाइ कारवाही गरिने महासंघ जिल्ला शाखाकी उपाध्यक्ष मनकुमारी हिराचानले चेतावनी दिनुभयो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!