बोनम्यारो क्यान्सर पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन

काठमाडौँ, १८ फाल्गुन । दिल्लीमा उपचार पश्चात आज मात्र नेपाल फिर्ता भएकी ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ ।विश्वभरबाट आर्थिक सहयोग जुटाई उपचारको निमित्त भारत लगिएको तर उपचार सफल नभए पछी उनलाई नेपाल फिर्ता पठाइएको थियो ।

उपचारको क्रममै क्रिष्टिनालाई निमोनिया भएको परिवार स्रोतले जनाएका थिए । धेरै प्रयासका बाबजुद पनि डाक्टरले अब केहि गर्न नसक्ने भनेर नेपाल फिर्ता पठाएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो ।

केहि समय अगाडी मात्र क्रिष्टिना सुनुवार बचाउ अभियानका अभियन्ता किशोर सुनुवारले क्रिष्टिना यो संसारमा नरहेको दुखद खबर संजालमा पोस्ट गरेका थिए ।





error: Content is protected !!