प्रहरीद्धारा जाजरकोटमा ९ थान हतियार वरामत

जाजरकोट (रासस)ः यहाँको जनिचाँदे गाउँपालिका ११ कोताङ्गमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार विहिवार जुनीचाँदे गाउँपालिका ११ कोर्तांग निवासी चन्द्रवहादुर शाही र उनका छोरा नेत्रवहादुर शाहीको घरमा लुकाइ रहेको अवस्थमा भरुवा वन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुइ नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरि ३ थान तथा गोली बरामद गरेको छ।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवम जंगली जनावरका छाला अंगहरुसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले बताउनुभयो । उहाँका अनुसार प्रहरीले हतियारसंगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थ समेत बरामद गरेको छ । प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा,२ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नंङ र दाँत २२ थान पनि बरामद गरिएको छ । शाहीका बावु छोरा दुवैलाइ प्रहरी नियन्त्रणमा राखेर हात हतियार तथा खरखजना अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।





error: Content is protected !!