केन्द्र सारिएको बिरोधमा ठुलीभेरी नगरपालिकामा ताला बन्दी

दुनै(डोल्पा) फागुन १६ डोल्पा
डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा अहिले ७ बजे ताला बन्दी गरिएको छ । पहिले देखिनै नगरपालिकाको केन्द्र दुनैनै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर रातारात केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले जिल्ला प्रशासनमा निबेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिनुभयो
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निबेदनमा भनिएको छ“नगरसभामा नभएको निर्णयमा किर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकोले ततकाल जनताको माग सम्बोधन गरिनु पर्ने उल्लेख गरिएको छ ।
जनप्रतिनिधि सहित करिव ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निबेदन पेश गरिएको २ नं. वडा अध्यक्ष देबि रोकायाले बताउनुभयो ।
नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अन्ुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेश बहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जनतलाइ जुफालबाट नै सेवा प्रबाह सहज हुने भएकोले पनि नगरसभाले निर्णय पारित गरेको हो ।
नगरप्रमुखले जनप्रतिनिधिलाइ झुक्याएर केन्द्र सारेकोले १७ गते दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडि पनि बन्द गरिने जिल्ला समन्वय समितिको संयोजक शेर बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार १८ गते नगरपालिकाका सबै जनताको भेला गराइ अन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने बताउनुभएको छ ।
जनतालाइ झुक्याएर रातारात नगरपालिकोको केन्द्र सारेकोले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरुको भनाइ रहेको छ ।
बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाए पछि ठुलीभेरि नगरपालिका वडा न १ देखि ४ सम्मका जनता आक्रोसित भएका हुन ।
रामचन्द्र न्यौपाने










