हाेलि एक कल्पना अनेक….!

काली बहादुर मल्ल।
फाल्गुन(फागु)पुर्णिमा अर्थात हाेलिपुर्णि!याे एउट पर्व भए पनि नेपालमा दुईदिन मनाईन्छ।पहिलाे दिन अाधा नेपाल र दाेस्राे दिन अाधा नेपाल (भारत सहित)मनाउने चलन छ।
याे पर्वकाे प्रचिन इतिहास अध्ययन गर्दा घुमन्ते अार्य (कथित देव)र असुर (असुरिया बाट अार्य भन्दा एक हजार पहिले अाई कृषि युग सुरु गरेकाे जाति)काे बिचमा लडाई भयाे।लडाई कै शिलसिलामा असुर पक्षका प्रह्लाद ले कथित देव पक्षमा प्रबेश गरेकाे र उनिकै बहिनी हाेलिकाले अाफ्नाे समुदायमा गद्दारि नगर्ने अठाेटले मारिनु परेकाे घटना लाई हाेलि भनेर मनाउन थालिएकाे कथन प्राचीन इतिहासमा पाईन्छ।
यसाे त अाजकाे युग र ब्यबस्था मा पनि दल परिवर्तन गरेका खबर दैनिक सुनिन्छ ।याे प्रकृया प्रचिन इतिहास देखि चलेकाे रहेछ भन्ने “भक्त”प्रह्लाद काे गुट परिवर्तन बाट थाहा हुन्छ।त्यहि ठाउमा उन्कै बहिनी हाेलिकाले बर्ग घात नगरि मृत्युवर्ण गर्न चाहिन र कथित देबहरु अागाेमा जलाए।
इतिहास जे भए पनि पर्व कै रुपमा मनाउदै अाएकाे हाेलि पर्व का अवसरमा नेपाल बाहिर वम नेपालमा रहेका सबै धार्मिक र संस्कृतिक समुदायमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु।याे पर्व ले राष्टिय स्वधिनता,सार्वभाैमिकता ,भाैगाेलिक अखण्डता र नेपाली समाजकाे अग्रगामी परिवर्तन मा प्राचीन इतिहासमा झैं भक्त प्रह्लाद नबन्न प्रेरणा प्रदान गराेस शुभकामना !!!









