जनताका प्रतिनिधि काे यस्ताे काम

फाल्गुन १३ सल्यान । कतै तपाईहरुलाइ कुरा सुन्दा नै अचम्म लाग्न सक्छ । विकास गर्ने भनेर जनता माझ कसमा खाएर आएका जनप्रतिनिधिले नै विकासमा अवरोध गरेको कुरा सुन्दा तर कर्णाली प्रदेशको सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले वडा अध्यक्षहरुले विकास निर्माणको लागि बनाएका उपभोक्ता समितिहरुलाई नगरपालिकामा आउदा सम्झौता नगरीकन घर तिर फरकाइ दिईएका छन । वडा अध्यक्षहरुले आफू खुसी समिती बनाएको र आफ्नो पार्टीको मान्छेलाई समितिको अध्यक्ष नदिएको भन्दै त्यहाँ विवाद छ । भनेर फरकाउने काम गरिरहेका छ्न । अहिले नगरपालिकाको ८ को वावियाचौर अधेरी ग्रामीण सडक अध्यक्ष सेतिराम पुरीले पहिला आफुहरुलाइ सम्झौता गर्न बोलाएको र सम्झौता गर्ने नगरपालिकामा जादा ८ न वडाको विवाद छ । सम्झौता नगर्नु भनी मेयरको निर्देशन छ । भन्दै नगर कर्मचारीले सम्झौता नगरी घर फर्काएको पुरीले बताए । त्यस तै अन्य २,४,५,६ र ८ वडाका कुनै पनि विकास निर्माणका कामहरू सम्झौता नगर्न मेयरले निर्देशन दिएको नगरपालिका प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद आचार्यले जानकारी दिनु भएको छ । त्यो सम्झौता रोक्न बितिकै उपमेयर मन्जु यरि र केही वडा अध्यक्ष बाकी रहेका वडाको योजनाको सम्झौता रोक्न निर्देशन दिएको आचार्यले बताउनु भएको छ । यश नगरपालिकामा अहिले सम्म जम्मा ३०/३५ वटा योजनाको मात्र सम्झौता भएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिएका छन । केही जनप्रतिनिधि र उपभोक्ता समितिको मिलोमतोमा योजनाहरु सम्झौता नै नगरी काम सन्चालनमा आएको जानकारी दिनु भएको छ । सम्झौता नगरी काम सन्चालन नगर्नुपर्नेमा आफ्नै तरिकाले कार्यालयको नियम भन्दा बाहिर गएर सम्झौता नै नगरी काम सन्चालन गरेको आचार्यले बताएका छन । जनप्रतिनिधिहरुले आआफ्नो तरिकाले काम गर्दा हामी कर्माचारीहरुलाइ काम गर्ने असहज भएको बताउनु भएको छ । विवाद हुनुको कारण जनप्रतिनिधिहरुल्ले आआफ्नो पार्टी कार्यक्रतालाइ समितिमा राखेर आफ्नो मेसिनहरु चलाएर पैसा कामाउनको लागि बिवाद भएको छ । भने केही उपभोक्ताहरुलाइ आफ्नो मेसिन प्रयोग गरेपछि योजना सम्झौता गरिदिने भन्दै सम्झौता भएको छ । भने आफ्नो मेसिन प्रयोग नगरे पछि योजना सम्झौता नगरीदिने बताएका छन । अहिले बनगाड कुपिन्डे नगरपालिकामा जनप्रतिनिधिहरुले मात्र महँगो ६ हजार देखि ७ हजार सम्म आफ्ना मेसिन हरुमात्र सन्चालन् गरेका छन । भने कसैले ४ हजार सम्म मेसिनले काम गरिदिने भन्दा पनि जनप्रतिनिधिका कारण अन्य बाहिर बाट मेसिन ल्याएर काम गर्न दिएको छैन । सिहदरबारको अधिकार गाउँ घरमा भनेको त पन्चायत र राणा शासन भन्दा बढी शासन जनप्रतिनिधिहरुले लगाएको र आफ्नो तरिकाले काम गर्न नपाएको नगरका जनताहरुको दुखेसो छ । केही वडामा अहिले पनि समिति बन्न सकेको छैन ।





error: Content is protected !!