अछाममा टयाक्टर दुर्घटना, दुई महिलाको मृत्यु

अछामको रामारोशन गाउँपालिकाको मुजाबगरनजिकै ट्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

आज बिहान पौने ११ बजे भएको दुर्घटनामा रामारोशन –६ भटाकाटियाकी ३३ वर्षीया कलसीदेवी साउँद र वडा नम्बर ७ की नरुदेवी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

ढुंगा लोड गरेर मुजाबगर फर्किंदै गरेको से। १त ३१४८ नम्बर ट्याक्टर दुर्घटना भएको हो । ४० वर्षीय चालक कालीचरण चौधरी र रामारोशन –५ का ४० वर्षकै डम्मर बटाला घाइते भएका छन् ।

दुवैजनालाई उपचारका लागि बयलपाटा अस्पताल ल्याइएको अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ढुंगा लोड गरेको ट्याक्टरको ट्रलीमा बसेकाले दुवै महिलाको ढुंगाले थिचिएर मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।





error: Content is protected !!