सुत्केरीलाई हेलिकप्टरबाट उद्धार

हुम्ला । उच्च रक्तश्रावले २ दिन अघि बेहोस भएकी एक सुत्केरीको उद्धार गरिएको छ । हिजो बिहान ७ बजे बच्चा जन्माएपछि एक्कासी बेहोस भएकी चंखेली गाउँपालिका २ की सुन्दरी कामीलाई हेलिकप्टरबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा पुयाइएको छ ।

बच्चा जन्माएकी सुन्दरी एक्कासी बेहोस भएको र अहिले सम्म होसमा नआएको चंखेली गाँउपालिका २ का स्थानियबासी मक्क सुनारले जानकारी दिएका छन ।

उनले भने गाँऊमा बेहोस भएपछि चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र स्थानिय प्यारी लाल शाहीले जिल्ला प्रशासन कार्यालय हुम्लामा जानकारी दिएको सुनारले बताए ।

जिल्ला स्थित सरोकारवालाहरु निकायहरुको पहलमा चंखेली गाउँपालिका २ की सुन्दरी कामीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय र चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई, स्थानियबासी प्यारी लाल शाही र पुर्व सांसद रिता शाहीको संंयुक्त पहलमा उच्च रक्तश्राव भएकी सुन्दरी कामीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज भेरी अञ्चल अस्पताल पुयाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रजिअ शर्माले गाँऊबाट स्थानियहरुले खबर पठाएपछि गृहमन्त्रालय, क्षेत्रिय स्वास्थ्य, कार्यालय सुर्खेतमा समेत खबर गरेको उनको भनाई छ ।

गत फागुनमा सांसद रिता शाहीको पहलमा बाटुली बाँचिन
गत फागुन महिनामा चंखेली गाउँपालिका ६ की बाटुली शाही मृत्युको मुखबाट फर्केकी थिइन । पेटमा उल्टो बच्चा भएकी कारण शाही मृत्युको मुख पुगेकी थिईन ।

पुर्व सांसद रिता शाहीको पहलमा हेलिकोप्टरबाटै शाहीलाई उद्धार गरिएको थियो । उद्धार गरिएकी शाहीलाई काठमाडौ पु(याएपछि उनको ज्यान बचेको स्थानियहरु बताउँछन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनायका सामुदायिक नर्सिङ्ग अधिकृत मनकुमारी गुरुङ्गले नेपाल सरकारले कर्णालीका गर्भवती र सुत्केरीबाट खतरा रहेको महिलाहरुलाई हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा पु(याउने व्यवस्था गरेको बताइन ।

उनले भनिन गर्भवती तथा सुत्केरी अवस्थाबाट खतरा रहेको कर्णालीका जिल्लाहरुमा एयरलिफटिङ्गको लागी सरकारले व्यवस्था गरेको अधिकृत गुरुङ्गको छ ।

बच्चा र आमाको ज्यान जाने खतरा देखिएमा उनीहरुलाई हेलिकप्टर चार्टर गरी सुविधा सम्पन्न अस्पतालमा पु(याउने व्यवस्था भनेकै एयरलिफटिङ्ग भनिन्छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७१र७२ बाट कर्णालीका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुका लागी यो सेवा उपलब्ध गराउदै आएको छ । अधिकंश कर्णालीका महिलाहरु यस विषयमा बेखबर नै देखिएका छन ।





error: Content is protected !!