मार्क्सवाद दुनिया बदल्ने दर्शन हो

कालीवहादुर मल्ल

मार्क्स आफैले भनेकाछनूदुनि बुझ्न त धेरै ले सके तर मुख्य कुरा बदल्नु हो
संसार या जगतूयस्तो उस्तो ,थियो,छ,हुनेछूत प्राचीन दार्शनिकहरुले भन्दै तर मार्क्स एङ्गेल्स मात्र यस्ता दार्शनिक वैज्ञानिक पनि हुन जसले दर्शन र समाज विज्ञानको क्षेत्रमा युगान्तकारी क्रान्ति ल्याए।र दर्शनको क्षेत्रमा रहेका शताव्दियौं देखिका अन्यौलता,अस्पस्टता र भ्मको अन्त्य गरि मानव जातिलाई उज्यालो बाटोमा उभ्याए।दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवाद अथवा बस्तु गतिशिलछ र निरन्तर परिवर्तनशिल छ।बैज्ञानिक समाजवाद(अधिनायकत्व र राज्यसत्ताको समापन तथा अर्थशास्त्र अतिरिक्त मूल्य,नाफा र लुट आदि मार्क्स्वादका मुख्य संघटक अंग हुन।
आज दुनियाका कम्युनिस्ट हरु यसै वरिपरि बहस गर्दै आएकाछन कि ूजीवन ब्यबहारमा कसरी लागू गर्ने र नेपालमा पनि लामो समय देखि बहस मुर्त अमुर्त छलफल भएकाछन।यसमा मार्क्सवादी दर्शन र साहित्यका ज्ञाता मानिने नेताहरुको पहलमा यश खालका पहल हुँदै आए।विशेष गरि यो क्षेत्रमा पहुच राख्ने क मोहन वैद्य,डा ऋषिराज वराल,मोद नाथ पस्रित,खगेन्द्र संग्रौला ,आहुति आदि हुनु हुन्छ।र यो बहसले कमसेकम जनचेनता जगाउन महत्वपुर्ण भुमिका खेल्यो।आज नेपालका कम्युनिस्ट कार्यकर्ता मा कम्युनिस्ट दर्शन र साहित्य मा छिपछिपे भए पनि जे ज्ञान छ त्यो जस उहाहरु लाई जान्छ।
तर विडम्बना कतिपय मार्क्सवादी साहित्यकार ले घुमाउरो ढंगले आत्मसमर्पण गर्नु भो त्यसको नकारात्मक प्रभाव पनि उत्तिकै बढ्यो।किन कि लडाईको मोर्चामा सेनाको एउटा टुकडिले आत्म समर्पण गर्यो भने एउटा मोर्चा कम्जोर हुन्छ तर एउटा दार्शनिक वा संस्कृति विद ले आत्म समर्पण गर्दा सिंगो बर्ग हार्छ।नाम भन्न नसकेको मा पाठक संग क्षेमा चाहान्छु तर सबैले बुझ्नु हुन्छ।
प्रसंग बदलौं,राजनितीक सत्ता परिवर्तनमा राजनितिक नेतृत्वको भुमिका प्रदान हुन्छ र यो परिवर्तन सापेक्षिक रुपले छिटो हुन्छ।यसको साथ साथै आर्थिक र मुख्य रुपले साँस्कृतिक परिवर्तन पनि भईरहेको हुन्छ यो समय लामो हुन्छ।
आज नेपालमा लामो समय को संघर्ष,युद्ध र आन्दोलन को परिणाम राजनितीक सत्तामा परिवर्तन आएकोछ।आर्थिक सत्तामा पनि गणतन्त्रात्मक रुप देखा पर्न थालेका छन।तर बडो अचम्म१यो अवधिमा साँस्कृतिक क्षेत्रमा नेपाली समाज पश्चगमन तर्फ हो कि भन्ने भान पर्न थालेको छ।सबै क्षेत्रमा सामन्तवाद भन्दा पुजिवाद प्रगतिशिल मानिन्छ तर साँस्कृतिक क्षेत्रमा के हो यस बारेमा प्रगतिशील साहित्य र संस्कृति क्षेत्र बढि संदनशिल हुनु जरुरि छ।
आजको राजनितिक सामाजिक अवस्थाले प्रगतिवादि शौन्दर्यशास्त्रिहरु सघन रुपले वहस गर्दै समाजलाई प्रगतिको बाटोमा डोह्रयाउनु सट्टा अलग थलग रहेर गुमनाम को स्थिति छ।यो विडम्बना हो कि क वैद्य,बराल,कहाँ हुनुहुन्छ अनि अस्तिसम्म क्रान्तिकारी आन्दोदनकै एउटा हिस्सा बन्नु भएका क आहुति फट्किएर पर पुगेको सुनिन्छ।आवश्यक्ता उहाहरु एक ठाउँ जम्मा भएर नयाँ बहस र संघर्ष अनि रुपान्तरणको हो
फुट र बिभाजनको होई।साथै समुह परिवर्तन वा नयाँ समूह निर्माण बाट पनि सममज वदल्नु संभव छैन आज यत्ति भनौं ।





error: Content is protected !!