गिद्ध,चिरकालिज, रेडपाण्डा संरक्षणमा स्थानीय सरकार उदासिन

काली थापा
जाजरकोट ः यहाँका सरोकारवाला निकायहरु गिद्ध, रेडपाण्ड संरक्षणमा गम्भिर नभएको पाईएको छ ।  जाजरकोटका सवै स्थानीय तहले गिद्ध, रेडपाण्डा संरक्षणका लागि वजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्य भएको पंक्षि संरक्षणमा लागेका गोविन्द सिंहले बताउनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सवै भन्दा वढी गिद्ध र रेडपाण्डा पाईन्छ । विश्वमै लोपोउन्मुख सुन गिद्ध , रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाईन्छ । जाजरकोटमा पाईने यी लोपउन्मुख प्रजातीको संरक्षणमा स्थानीय सरकार चिन्तित नभएको भन्दै सिंहले दुख व्यक्त गरेका छन् । प्रयाप्त जनचेतना नहुँदा चिरकालिज, रेडपाण्डा, र गिद्धलाई जथाभावी मार्ने काम भईरहेको छ । चिरकालिजको चोरी ,सिकारी, गृद्धलाई विष हालेर र रेडपाण्डाको महत्व नवुझी मार्ने गरिएको छ ।

जिल्लामा यसको जनचेतना वढाउँन सके जिल्लालाई फाईदा हुँने सिंहले वताउनुभयो । प्रचार प्रसार र जनचेतनामुलक कार्यक्रम गरि संरक्षणमा जोड दिने भनिएपनि आर्थिक अभावमा व्यक्तिगत केही गर्न नसकिने सिंहले वताउनुभयो ।





error: Content is protected !!