कर्णालीको सहुलियत टिकट बितरणमा मनपरि,अब एअरलाईन्सले नै बाँड्ने

दुनै(डोल्पा) १० फागुन
नेपालगञ्ज विमानस्थल देखि कर्णालीका सम्पुर्ण जिल्लाहरुमा उडान गर्ने विभिन्न एअरलाईन्सको सहुलियत टिकट बितरणको जिम्मा एअरलाईन्स आफैले लिने भएका छन् ।
बर्षौदेखि कर्णालीको सहुलियत टिकटमाहुने मनपरीलाई रोक्न यस्तो सम्बन्धित एअरलाईन्सलाई नै बितरण गर्न निर्देशन दिईएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले बताउनुभयो ।
उहाँका अनुसार यो भन्दा अगाडी सम्बन्धित जिल्लाका मान्छेहरुद्धारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट बितरणको जिम्मा दिनेगर्दा टिकट बितरणमा मनपरि भएको बताउनुभयो ।
निजि विमान कम्पनीहरुलाई सहुलियत उडानमा बिरामि,अशक्त,अपाङ्ग र बिद्यार्थीलाई बिशेष प्राथामिकतामा राखेर टिकट बितरण गर्न समेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
प्रमुख तिवारीका अनुसार सिधै विमान कम्पनीको कार्यालयमा गएर सहुलियत टिकट लिनको लागि यात्रुहरुलाई आग्रह गर्नु भएको छ ।
कर्णालीमा तारा,गोमा र सिता एअरलाईन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाईन्सले भने एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान गर्दै आएको छ ।
प्रायःनिजि विमान कम्पनीहरुले चार्टर उडानलाई प्राथामिकतामा राखेर सहुलियत उडानमा ढिलाई गर्ने पाईएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथामिकतामा राखेर उडान गर्न नेपाल बायुसेवा निगमले निजि विमान कम्पनीलाई आग्रह समेत गरको छ ।
नेपालगञ्ज देखिहुने चार्टर उडानमा दुईतर्फि भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फि भाडा मात्रै लाग्ने गर्दछ ।
रामचन्द्र न्यौपाने










