भेरीखवर समाचार प्रभाव विरामी विद्यार्थीलाई मनोसामाजिक प्रशिक्षण

हेमन्त के सी
जाजरकोट । अज्ञात रोगवाट तीन हप्ता देखि पिडित वनेका पंञ्च भयार मावि नलगाड नगरपालिका ८ जिकुवा छात्राहरुको लागि मनौवैज्ञानिक प्रशिक्षण दिईन लागिएको छ ।
वुधवार देखि मनोवैज्ञानिक सामाजिक सहजकर्ता निर्मला वुढा नेतृत्वको टिमले प्रशिक्षण दिईने वातावरणीय कृषि तथा विकास केन्द्र केटका रामविक्रम शाहले जानकारी दिए । भेरीखवरमा छात्राहरु अज्ञात रोगले विरामी हुँने क्रम वढुदो भन्ने समाचार प्रकाशित भएपछि केडले एक टिम प्रभावित जिकुवा माविमा पठाएर लक्षणहरु संकलन गरेको थियो । लक्षणको आधारमा मनोवैज्ञानिक रुपमा प्रशिक्षण दिईनुपर्ने निष्कर्ण निकालेर टिम खटाउँन लागिएको शाहले वताए । योन तथा प्रजनन अनि वालअधिकारको विषयमा लामो समय सम्म काम गदै आएको केडले यस्ता सामाजिक कार्य गदै आएको छ । जिकुवामा अझै पनि छात्रा, शिक्षिका काप्ने , कराउने , समस्य हल नभएरपछि यहाँका स्थानीयहरु देवी रिसाएको भन्दै वोका काट्ने देखि विद्यालयमा धामी ,झाक्री वोलाएर हेर्न लगाउने सम्मका काम गदै आएका छन् । लामो समय देखि यस्तो समस्य देखिएपनि जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयले ध्यान नदिएको स्थानीयको आरोप छ ।
वालमैत्री घोषणा भईसकेको मावि जिकुवामा यस्तो समस्य आएपछि तीन हप्ता देखि पढाई प्रभावित हुँदै आएको छ । तीन दिन सम्म विद्यालय समेत वन्द गरेपनि छात्राहरु सन्चो नभएपछि शिक्षक तथा अभिभावक हैरान भएका छन् ।










