सरकारी समयमा मात्र फोन टावर

कालीप्रसाद थापा
जाजरकोट , फोनमा पनि लोडसेडिङ्ग हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ होला , जाजरकोटका ग्रामीण क्षेत्रमा रहेका टेलिफोन टावरले आफ्नो सेवा लोडसेडिङ्ग गरि दिने गरेका छन् । यहाँका स्थानीयहरु फोन गर्नका लागि सरकारी समय प्रयोग गर्न वाध्य छन् ।
जिल्लाको नलगाड नगरपालिका , बारेकोट गाउँपालिकामाका हजारौ सेवाग्राही सरकारी समय अनुसार मात्र फोन प्रयोग गर्न पाएकोे भन्दै गुनासो गदै आएका छन् । फोन गर्नका लागि अग्ला डाडा,डाडामा जानुपर्ने वाध्यता रहेको छ । संसारका मानिसहरु ईन्टरनेटको सोव घर भित्र सुती,सुती लिईरहेको वेला यहाँका नागरिकहरु फोन गर्न समेत हातमा रहेको गडीको सुई तोकेर वस्नुपर्ने वाध्यता रहेको वीरेन्द्र एश्वर्य उच्च माविका लिम्साका प्रचार्य गोरखवहादुर सिंह वताए । रुकुमको घेत्मा र बारेकोटको रतनकोटमा रहेका टेलिफोन टावरले विहान १० वजे देखि वेलुका ५ वजे सम्मा सामान्य काम गर्दा दैनिक अपठ्यारो भईरहेको सिंहले वताए । यहाँका सरकारी कार्यालय समेत फोनको समस्यले गर्दा ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्न अप्ठयारो भएको वताउन थालेका छन् । यी क्षेत्रका प्रहरी चौकीमा रहेको सञ्चार सेटले समेत काम नगर्दा हैरान भएको प्रहरीले जानकारी दिएको छ ।
यी क्षेत्रमा नीजि क्षेत्रका टेलिफोन टावर नभएकाले थप समस्य भएको हो । नमस्ते र स्काई फोन टावरमा जोडिएका सोलारले काम नगर्दा सेवा प्रवाह भरपर्दो नभएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा समेत काम गर्न समस्य भएको छ । टावर आएको समयमा पनि गाउँपालिका र नगरपालिकाको तल्लो क्षेत्रमा फोनले काम गदैन् । फोन गर्न अग्लो डाडामा जार्नुपर्ने वाध्यता रहेको छ । चुनावको समयमा सवै गछौँ भन्ने नेताले अहिले केही नहेरेको स्थानीयको आरोप छ ।










