प्रधानमन्त्री ओलीलाई उत्तर कोरियाले शुभकामना दिदै एसो भने पछि ओली अलमल्ल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तर कोरियाले समेत बधाई दिएको छ । मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई संसारकै सबैभन्दा बढी चर्चामा रहेको उत्तर कोरियाले बधाई तथा कार्यसफलताको शुभकामना दिएको हो । उत्तर कोरियाली प्रधानमन्त्री पाक पोङ जुले प्रधानमन्त्री ओलीलाई बधाई सन्देश पठाएका छन् ।
सन्देशमा दुई देशका जनताको आपसी हितका लागि दुई देशबीचको परम्परागत मैत्री र सहयोग निरन्तर कायम रहने विश्वास लिइएको छ। ओलीलाई राजनीतिक स्थिरता र आर्थिक विकासको जिम्मेवारीमा सफलता प्राप्त होस् भनी कामना पनि सन्देशमा गरिएको छ। यसअघि भारत, चीन, पाकिस्तान, बंगलादेश लगायतका देशहरुले समेत ओलीलाई बधाई दिईसकेका छन् ।
पाक पोङ जु कोरियाको सत्तारुढ वर्कर्स पार्टीको सेन्ट्रल कमिटीका पोलिटिकल ब्युरोको अध्यक्ष मण्डलका सदस्य र उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनका उपाध्यक्ष पनि हुन्।
ओली झैँ पाक पनि दोस्रो पटक सन् २०१३ मा प्रधानमन्त्री नियुक्त भएका हुन् । उत्तर कोरियाका प्रधानमन्त्रीमा कार्यकारी अधिकार हुँदैन तर सरकार प्रमुख उनै हुन्। समकक्षीका हैसियतमा ओलीलाई पाकले बधाई सन्देश पठाएका हुन्।










