चाहाना तिम्रा ठुला ठुला महलमा रमाउने बजारमा

सुमिना कुलुङ
काठमाण्डौँ, लामाे समय देखि दर्शकको प्रतिक्षा पछि चाहाना तिम्रा ठुला ठुला महलमा रमाउने बोलको गीत को सुटिंग कार्य सकिएको छ । हिजो मात्र गीतको छयांकन सकिएको छ, गीतको अडियो बजारमा बजेको कारणले दर्शकहरु माझ खुसियाली छाएको छ । विदेशमा गएर पैसा कमाउदा र घरमा पठाउदा आफ्नो प्रेमिकाले अरु संग लागेर उराइ दिएको कथालाई यसमा समेतीएको छ । अहिलेको नेपालमा चलि आएको नेगेटिभ सेन्स गीतमा देखाइएको छ । गीत को निर्देशन अहिलेका उदाउदा ब्याक्ति आयुष छेत्री प्रिन्स ले गरेका छन्,भने मुकेश हुमागाईले छयांकन गरे , श्री कृष्ण बम मल्लले संगीत भरेको गीतमा स्वोरुप राज आचर्या को स्वार छ । यो गीतको सब्द सुमन बिकले लेखेक हुन् गीतलाई अहिलेका चर्चित मोडल सनम कठायत ,ओम विकल र मोनाक्छि को कुशल अभिनय रहेको छ । गीत अबको एक हप्ता भित्र बजारमा आउने छ साथै गीतलाई अहिलेको निकै अनि बेस्त कम्पनि विकल क्रियशन प्रा लि ले बाजारमा ल्याउनेछ । गीतको छयांकन तेलकोट ,चांगुनारायण ,सुन्दरीजल, त्रिसुल डाडा मा गरिएको हो भनि बताएकाे छ।










