प्रेम राई बचाउन ९५ लाख चाहियो, अनिश बचाउ अभियान र रामचन्द्र बचाउ अभियानको रकम खोइ ?

काठमाण्डौ।
इलामको माइनगरपालिका-४ का प्रेमबहादुर राई अहिले साउदी अरबको मालिस जेलमा छन् । पैसा कमाउन भन्दै २०१२ मा साउदी आएका राई २०१६ मार्चमा जेल चलान भएका हुन् ।

उनी कम्पनीको गाडी चालकमा कार्यरत थिए त्यस्तै काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो ।

कम्पनीले उनलार्इ यतिकैमा छोडेन । त्यसपछि कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दियो ।

कम्पनीको निबेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरिदियो ।

प्रेमको घरमा श्रीमती, नाबालिका छोरी र एउटा १८महिने छोरा छन् । उनीहरूको बिचल्ली छ । श्रीमानलार्इ बचाइदिन श्रीमतीले हारगुहार गरिरहेकी छन् ।

९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुनेछ । यस्तै क्रममा बिश्वका विभिन्न देशका नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाका लागि रकमको जोहो गर्न जुटेका छन् ।

तर, एकाध व्यक्ति र केही संघसंस्थाको पहलले मात्रै तत्कालै यति ठूलो रकम संकलन हुन सक्ने अवस्था छैन । यसर्थ, अनिश खालिङ राई बचाऊ अभियान र काभ्रेका रामचन्द्र तिमिल्सिना बचाउ अभियानका क्रममा संकलन भएर बचेको रकम प्रेमको जीवन रक्षाका लागि प्रयोग गर्न माग गरिएको छ ।

केही वर्षअघि यूएई अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका मत्स्यपोखरी-३ संखुवासभाका अनिश खालिङ राई र साउदिमा सवारी दुर्घटना गराइ मान्छे मारेको अभियोगमा मृत्यु दण्ड सुनाइएका कुशादेबी २काभ्रेका रामचन्द्र तिमिल्सिना बचाउन संकलन भएको रकम धेरै बचेको छ ।
अनिश बचाउ अभियान र रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा विश्वभरी बाट करोडौ रकम संकलन भएको थियो।जुन उनिहरुको माग गरिएको रकम भन्दा धेरै संकलन भएको थियो।तर उनिहरुलाइ माग गरिएको रकम भन्दा कम रकमले उनिहरुको उद्दार भएको छ तर त्यति धेरै संकलन भएको रकम कहाँ छ भन्ने कसैलाइ पनि थाहा हुन सकेको छैन।अनिशको उद्दारको लागि संकलित रकमबाट बचेको रकम अनिश प्रतिस्ठान सस्था स्थापना गरि बचेको रकम संकलित भइ अन्य केहि पिडितहरु सघाउ पुगेको छ भने रामचन्द्र तिमिल्सिनाको बचाउ अभियानमा संकलन भएको त्यति मोटो रकम कहाँ कस्तो अबस्थामा छ कतै अत्तो पत्तो छैन।

उक्त अनिश खालिङ राइको उद्दारको लागि संकलन भएर बचेको रकम अनिश खालिङ प्रतिस्ठानमा राखिएको बताइन्छ । भने काभ्रेका रामचन्द्र तिमिल्सिनाको लागि संकलन भएको रकम भने न कतै देखिएको छ न कतै। सोही रकमले प्रेमको उद्दार गर्नुपर्ने भन्दै पहिला यी दुबै उद्दारका अभियानमा सहयोग गर्ने नेपाली संघसंस्थाहरु र सहयोगी दाताहरुले सार्वजनिक रुपमै विज्ञप्ति जारी गरेका छन् ।

यी दुबै उद्दारको लागि देश तथा बिदेशबाट संकलन भएर बचेको रकम कुन अवस्थामा छ भन्ने समेत जानकारी नभएको भन्दै सहयोग गर्ने संघ सस्था र सहयोगी दाताहरुले उनीहरुले बचेको रकम प्रेमको उद्दारमा खर्च गर्न संयुक्त रुपमा आव्हान गरेका हुन् ।

काभ्रेका रामचन्द्र तिमिल्सिनाको उद्दारको लागि उठेको जम्मा रकम मध्ये उनको उद्दारको लागि भनेर परराष्ट मन्त्राभनेर रु३५००१६५ (पैतिस लाख एक सय पैसठी) रुपैया बुझाइएको थियो,जुन रक रास्टिय बाणिज्य बैंक र सुप्रेम डिभ्लोमेन्ट बैंकमा रामचन्द्र कि श्रीमतीको नाममा खोलिएको खातामा जम्मा भएको पैसा हो भने बाकी सामुहिक खाताहरुमा संकलन भएको रकम कहाँ कुन अबस्थामा छ भन्ने कसैलाइ पनि थाहा हुन सकेको छैन।विशेष गरि खाडी मुलुक साउदी ,कतार,कुवेत तथा दुबईबाट सबै भन्दा धेरै सहयोग संकलन भएको थियो।अहिले पुनः खाडी मुलुक मा नै इलामका प्रेम राई जेल परेका छ। र उनको उद्दारको लागि अनिश राई र रामचन्द्र तिमिल्सिनाको उद्दारमा संकलन भइ बचेको रकम नै प्रेमको उद्दारको लागि दिन सहयोगि दाता सबैको अपिल रहेको छ।

अनिश बचाउ अभियानका क्रमका संकलन भएको रकम मध्ये दुई करोड ३६ लाख रुपैयाँ अनिश प्रतिस्ठान सस्थामा बचत रहेको दावी गरिएको छ । सो रकमको आउने ७लाख ब्याज मात्रै सहयोग गरेपनि प्रेम राईको उद्धार हुने संघसंस्थाहरुले बताएका छन् । त्यस्तै रामचन्द्र बचाउ अभियानको क्रममा बचेको रकम मध्ये केहि रकम रामचन्द्र नेपाल फर्कनु पुर्ब उनको घरमा दिइएको थियो भने बाकी कुशादेबी गा बि स को खातामा जम्मा भएको रकम भने अझै सम्म पनि सार्बजनिक हुन सकेको छैन।यी दुबै उद्दार अभियान बाट संकलन भइ बचेको रकम सहि सदुपयोग गरे प्रेमको उद्दार सहजै हुने सबैको दाबी रहेको छ। भिडियो;-





error: Content is protected !!