कृषि र पर्यटनलाई प्राथमिकता दिने सांसदको भनाई

 जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटले सांसदलाई यसरी गर्यो सम्मान (फोटो फिचर)

जाजरकोट , २९ माघ (रासस)ः जिल्लालाई संवृद्ध र विकासशिल वनाउन कृषि र पर्यटनमा ध्यान दिने सांसदहरुले वताएका छन् । वषौदेखि पछि परेको जाजरकोटलाई अव विकासमुखी र जनताले चाहे जस्तो वनाउँने हाम्रो साझा लक्ष्य भएको राष्ट्रिय सभा सदस्य कालीवहादुर मल्लले वताउनुभयो ।
जाजरकोट उद्योग वाणिज्य संघले गरेको वधाई तथा सुभकामना कार्यक्रम कार्यक्रममा वोल्दै उहाँले यस्तो वताउनुभएको हो । विगतमा जनताले चाहेको अपेक्षा पुरा हुँन नसकेको प्रति लक्षित गदै उहाँले भन्नुभयो जाजरकोटलाइ विकासको उचाईमा लिनका लागि विशेष ,खाका सहितको योजना वनाई कार्यान्वयन गरिने छ । जनताको वधाई मात्र होईन नितरन्तर खवरदारी पनि आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै अर्का राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले विकासका लागि साझा एजेण्डा वनाएर अगाडी वढीने वताउनुभयो ।
सवै अभाव , अशिक्षा भनेर जाजरकोटलाई परिभाषित नगरि अव नयाँ जाजरकोट वनाउन सवै एकज जुट हुँनुको विकल्प नभएको श्रेष्ठको भनाई छ । मल्ल र श्रेष्ठ दुई मित एकै पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । जिल्लामा लगानी भित्र्याएर रोजगारी सिर्जना गर्नु , यहाँका विभिन्न सम्भावना लाई उत्खनन् गरि नयाँ काम गरिनु पर्ने मा जोड दिनुभयो ।
हेमन्त के सी ———





error: Content is protected !!