संसारकै उदाहरणीय बाबु, अपाङ्ग छोरीलाई जन्म दिएर आमा ७ दिनमै बितिन बाबुले होटलमा भांडा माझेर हुर्काउदै छ्न(भिडियो )

काठमाडौं – सामान्यतया एउटी आमाले आफ्ना छोराछोरीको लागि जीवनमा ठूलो संघर्ष गरेका उदाहरण हामी सबैले धेरै देखेका छौं । विवाह गरेको छोटो समयमै पति गुमाएका थुप्रै महिलाहरु छोराछोरीको मुख हेरेर आजिवन एक्लै बसेका थुप्रै उदाहरण हाम्रो समाजमा छन् । तर एउटी श्रीमति गुमाए पछि छोराछोरीको भविष्य भन्दै एक्लै बसेका पुरुष हाम्रा समाजमा विरलै भेटिन्छन् ।
यस्तै एक उदाहरण हुन गाइघाटका राजकुमार जोशी । ११ वर्ष पहिले छोरीलाई जन्म दिएको एक महिनामै उनको श्रीमतिले यो संसार छाडीन् । विपन्न परिवार त्यो भन्दा माथि तिनवटा साना साना छोराछोरी । सबैको पालन पोषणको जिम्मा राजकुमार एक्लैको काँधमा आयो ।
श्रीमतिको वियोग एकातिर छ भने छोराछोरीको जिम्मेवारी अर्काे तिर ।घरमा आम्दानीको श्रोत केही थिएन । उनले त्यो एक महिनाको दुधे छोरीलाई आफैले हुर्काउने आँट गर्न सकेनन् । त्यसैले महिनामा ८ हजार रुपैया दिएर आफन्तलाई छोरी फुलकुमारी जिम्मा लगाए । अनि आफु कामको खोजिमा निस्किए । अन्य छोराछोरी मागेर खानसक्ने भएकाले घरमै बसे । बाँकि तल भिडियोमा हेर्नुहोस










