१८ वर्षीया युवतीको पाकेटमारा ग्याङ !

काठमाडौं–सुन्धारामा साँझपख गाडी कुर्नेहरुको बाक्लो भीड हुन्छ । त्यहि भीडको मौका छोपेर पाकोटमाराहरुले आफ्नो धन्दा सुरु गर्छन् । माघ १८ गते त्यस्तै भयो, शारदा भट्टराई कार्यालयको काम सकेर आफ्नो डेराकोठा कपनतर्फ जानका लागि माइक्रो चढ्दै थिइन्, त्यसैबेला एक युवतीले उनको गोजीबाट मोवाइल निकालिन् ।
महानगरीय प्रहरी वृत जनसेवाबाट सादा पोशाकमा खटिएका प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिए । उनी थिइन्, भक्तपुरको सल्लाघारी घर बताउने १८ वर्षीय अस्मिता श्रेष्ठ । प्रहरकिो भाषामा अस्मिता ‘पटके पाकेटमारा’ हुन् ।
सुन्धारामा उनको नेतृत्वमा पाकेटमाराको ग्याङ नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू महिला भएपनि अस्मिताको ग्याङका अन्य सदस्यहरु भने पुरुष छन् ।
ललितपुरका सुशान शाक्य र उदयपुर घर बताउने सुरज राई उनको ग्याङका सदस्य हुन् । प्रहरीले सोही दिन सुशान र सुरजलाई पनि नियन्त्रणमा लिएको थियो । अहिले उनीहरु तीनैजना महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् ।

‘शारदा भट्टराईको जाहेरीले हामीले तीनै जनालाई मुद्दा चलाएका छौं’ महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख (डिएसपी) मोहन कुमार थापा भन्छन्, ‘जनसेवाको एरियामा पर्ने इन्द्रचोक, पुरानो बसपार्क, सुन्धारा, भोटाहिटी लगायतका क्षेत्रमा पाकेटमारा विरुद्ध बिशेष अप्रेशन नै चलाएका छौं ।’

साँझको समयमा राजधानीको मुटु मानिने पुरानो बसपार्क, इन्द्रचोक, नेपाल बायुसेवा निगम आगाडीको माइक्रोपार्क, काठमाडौं मल लगायतका स्थानमा सबैभन्दा धेरै पाकेटमारीका घटना हुने गर्छन् । भोटाहिटी र रत्नपार्क पनि काठमाडौंको धेरै पाकेटमारी हुने स्थानमध्येमा पर्छ । महानगरीय प्रहरी वृत जनसेवाले पाकेटमारा विरुद्ध ‘विशेष अप्रेशन’ शुरु गरेपछि माघ महिनाभरी मात्रै यो क्षेत्रबाट २० जनाभन्दा बढी पाकेमारा पक्राउ परिसकेका छन् ।

‘यो क्षेत्रमा अधिकांश पटके पाकेटमार फेला पर्ने गरेका छन्’ डिएसपी थापा भन्छन्, ‘यस्ता पटके हरुबाट दशीको सामान फेला परेमा चोरीमा मुद्दा चलाउँछौं अन्यथा सार्जजनिक अपराधको मुद्दा चलाउने गरेका छौं ।’

वर्षीया युवतीको पाकेटमारा ग्याङ !

error: Content is protected !!