२६ गते भित्र सहमतीमै मुख्य मन्त्री छनोट हुँने

सुर्खेत – वामगठवनधको सहमती पछि प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रको भागमा परेको मुख्यमन्त्री सहमतीमै छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको वताएको छ ।
मुख्य मन्त्रीको छनोटका लागि अहिले माओवादी केन्द्रका नेता तथा ६ नम्वर प्रदेशका ईन्चार्ज शक्तिवहादुर वस्नेत र अर्का नेता जनार्दन शर्मा सुर्खेतमा छलफलमा व्यस्त छन् । सहमतीमै टुग्याउनका लागि वस्नेत र शर्मा सुर्खेतमा आएको माओवादी केन्द्र ६ नम्वर प्रदेशले वताएको छ । मंगलवार विहान मुख्य मन्त्रीको छनोटका लागि शक्तिवहादुर वस्नेत र जनार्दश शर्मा वीच गोप्य छलफल समेत भएको थियो । मुख्य मन्त्री छनोटको सहजीकरणकै लागि वस्नेतलकै आग्रहमा शर्मा सुर्खेत आएको माओवादी केन्द्रले वताएको छ । मंगलवार दिउसो भएको पत्रकार सम्मलेनमा माओवादी नेता जनार्दश शर्माले सहमतीमै मुख्य मन्त्री छनोट हुँने वताए ।
राष्ट्रियसभाको निर्वाचन तर्फ सवैको ध्यान गएकोले आजभोलि नै मुख्यमन्त्रीको छनोट अन्तिम चरणमा पुगेको भएपनि २६ गते भित्र मात्र सार्वजानिक हुँने स्रोतको दावी छ । मुख्यमन्त्रीको टुङ्गो सहमतिबाटै अन्तिम चरणमा पुगिसकेको स्रोतको दावी छ । वस्नेत र शर्माले फरक फरक व्यक्तिलाई अगाडी सारेको भनिएपनि अहिले दुवै नेता एकै ठाउँमा आएको स्रोतको दावि छ । यत्ता मुख्यमन्त्रीको दाबी गरिरहेका संसद् भण्डारीले पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउने वचन दिएकाले प्रदेशसभामा आएको र यसमा शुरुदेखि नै आफ्नो दाबी रहेको बताउँदै उनले पार्टी नेतृत्वले आफ्नै पक्षमा न्यायिक निर्णय गर्नेमा ढुक्क रहेको जानकारी दिए ।
संसद् शाहीले पनि आफू मन्त्री भइसकेकाले अन्य पदमा बस्न नचाहेकाले पार्टीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले मात्र प्रदेशसभामा आएको बताए । प्रतिस्पर्धाभन्दा पनि पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने उनको भनाइ थियो । मुख्यमन्त्रीका लागि भने संसद्द्वय भण्डारी र शाहीले नेतृत्वसँग लविङ बढाइरहेका छन् ।
१० वर्ष भित्र छ नम्वर प्रदेश १ नम्वर हुँने शर्मा
अहिले ५२ प्रतिशत गरिव भएको छ नम्वर प्रदेश १० वर्ष भित्र १ नम्वर प्रदेशको रुपमा देखाउने योजना रहेको माओवादी नेता जनार्दश शर्माले वताए । यहाँको जलस्रोत ,पर्यटन ,कृषि , खनिजपदार्थ लगाएतको उचित प्रयोग गरि अगाडि वढ्ने खाका आफुहरु संग भएकाले १० वर्ष भित्र धनी प्रदेश हुँुने उनले वताए । प्रेस सेन्टर ६ नम्वर प्रदेशले गरेको पत्रकार सम्मलेनमा वोल्दै नेता शर्माले यस्तो वताएका हुँन् । यहाँको स्रोत र साधनलाई सहि रुपमा प्रयोग गर्ने योजनाको अभावमा ६ नम्वर प्रदेश पछि परेको उनको भनाई छ । मृत्यूदर र औषत आयू कमी भएको ६ नम्वरलाई ईतिहासमा कायम गर्ने योजना कार्यान्वयनमा ल्याउन सवै पक्षको सकरात्मक रोल चाहिने उनको भनाई छ । फाल्गुन दोस्रो साता सम्म नयाँ सरकार गठन हुँने र त्यो सरकार केपी ओलीको नेतृत्वमा नै वन्ने उनको भनाई । पाटी एकता भईसकेको तर घोषण गर्न मात्र वाँकी रहेको शर्माको दावी छ ।










