पोखरामा बसले ठक्कर दिँदा पृथ्वीनारायण क्याम्पस एकाई सभापतिको मृत्यु

काठमाडौं : पोखरामा बसको ठक्करले पृथ्वीनारायण क्याम्पस सम्पर्क समिति स्याङजाका सभापतिको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ भएको दुर्घटनामा स्याङ्जा आँधीखोला गाउँपालिका घर भई पोखरा बगर बस्दै आएका २४ वर्षका नेपाल विद्यार्थी संघका नेता बोधराज ढकालको मृत्यु भएको हो ।

गुडिरहेको ग १ ख ३८३६ नम्बरको बसले बाटोमा हिँडिरहेका ढकाललाई पछाडिबाट ठक्कर दिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर घाइते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पतालमा पु¥याएपछि उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको भन्दै नेविसघंका विद्यार्थी आन्दोलित भएका छन् । अहिले क्याम्पसक्षेत्र तनावग्रस्त बनेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!