स्वास्थ्य बिमा अभिमुखिकरण हुदै

डिल्लीबहादुर खत्री / चाैरजहारी
पश्चिम रुकुम चाैरजहारी नगरपालिकामा स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रत्येक वडामा सञ्चालन भइरहेको छ । वडा स्थित सराेकार वाला निकायहरुलाई स्वास्थ्य बिमा सम्बन्धि जानकारी बनाउन लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हाे । नेपाल सरकारले सञ्चालन गरेको २५ सय बराबर ५० हजार सम्मकाे उपचार गर्न स्वास्थ्य बिमा सम्बन्धि कार्यक्रम गर्न लागिएकाे हाे । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने , यसकाे उदेश्य , स्वास्थ्य बिमा र गुणस्तर सेवा , यसबमट हुने फाइदा , बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने हुन् भन्ने बिषयमा जानकारी गराउने गरेको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेका स्वास्थ्य चाैकि सर्केनाका इन्चार्ज पहलसिँह बस्नेतले बताउनुभयो । उहाँका अनुसार २२ गते सबै वडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न हुने र त्यसपछि घरघरमा गएर पुगेर स्वास्थ्य शिक्षा स्वंमसेवकहरुले स्वास्थ्य बिमा गराउनेछन् । स्वास्थ्य बिमामा एकै घरका पाँच जनासम्म भएको परिवारले २५ सयले पचास हजारकाे उपचार गर्न पाउनेछन् । त्योभन्दा माथि १० जनासम्म भने प्रति सदस्यले ४ सय २५ रुपैयाँ थप्नुपर्नेछ । एउटै घरका ११ जना वा त्याे माथि सदस्य भएमा अर्को पच्चीस सयकाे स्वास्थ्य बिमा खाेल्नुपर्नेछ । स्वास्थ्य बिमा सञ्चालन हुने भएपछि स्थानीयहरु भने खुसी भएका छन् । ” स्वास्थ्य बिमा सञ्चालन हुने भएपछि हामी अत्यन्त खुसी छाैँ , बिरामी भएपछि रकम नपाएर घरमै बस्नुपर्ने अथवा कतै सरसापट वा काढ्नुपर्ने हुन्थ्यो अब पच्चीस सयले ५० हजारसम्मकाे उपचार गर्न पाउने भएपछि अब त्यो समस्या नभएको वडा न. १० का स्थानीय मिना केसीले बताउनुभयो । सरकारले याे बिमालाई निरन्तर बढाउँदै जाअाेस भन्ने उहाँको अपेक्षा छ ।










