“नेपाल कै फास्टेड म्यान”याम सजन जसले १सय मिटर १०सेकेन्डमा पार गर्छ्न,हेर्नुस् भिडियो।

लक्ष्मण रसाइली जाजरकोट ।
नेपाल कै फास्टेड मेन कि अर्थात् दौडमा नेपाल कै तेज ब्यक्ती याम सजन सुनारले १सय मिटर करिब १०सेकेन्डमा पार गर्छ्न।बिकट जिल्ला जाजरकोटमा जन्मिएका याम अहिले सिङ्गो जाजरकोट र नेपाल कै एक रास्टिय किर्तिमान कायम राख्ने ब्यक्ती पर्छ्न।

जाजरकोटमा २०४९ जन्मिएका यामसाजन सुनार एक सय र दुई सय मिटर दौडमा आफ्नै रेकर्ड तोड्दै अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने अभियानमा छन् । नजिकिदो १३ औँ साफ गेममा पदक जित्ने लक्ष्यका साथ उनी त्यसको तयारीमा छन् । पाँचौ राष्ट्रिय खेलकुदमा उनले लङजम्पमा स्वर्ण पदक जित्न सफल भए । त्यति बेला उनी १५ वर्षका मात्रै थिए । स्वर्ण पदक जितेसंगै उनी सिङ्गापुरमा युथ एसियन खेलकुदमा भाग लिन गए । उक्त खेलमा उनले लङजम्जमा पाँचौ स्थान हासिल गरे । जिल्ला र क्षेत्रबाट खेल्दै आएका यामसाजनलाई नेपाल प्रहरी र नेपाल आर्मीबाट पनि खेल्ने अवसर मिल्यो । उनी भन्छन ‘मेरो प्रतिभालाई नेपाल प्रहरीले कदर गर्दै अफर गर्यो । त्यसपछि मैले नेपाल आर्मीबाट पनि खेल्ने मौका पाएँ ।’

जाजरकोटको एक सामान्य परिवारमा हुर्केका याम सजन सुरुमा १३/१४बर्षको उमेर देखि नै स्कुल स्तरिय प्रतियोगिताको बिजेता देखि अञ्चल बिजेता हुँदै रास्टिय किर्तिमान कायम राख्न समेत पुगेका एक ब्यक्तित्व हुन।नम्र र मिलनसार स्वाभाबका याम सजन रास्टिय स्तर कै खेलबाट सिंगापुर समेत पुगेर एक प्रतिष्ठित खेलाडी बनेर फर्की सकेका छन।

उनी हाल सम्म विभिन्न मेडल तथा रास्टिय कीर्तिमान सहित सम्मानित भइ सकेका छन।उनि भन्छ्न”अबको मेरो लक्ष्य भनेको विश्व च्याम्पियन नै हो,आगामि हुने खेलको सातौ रास्टिय प्रतियोगिताबाट नै आफ्नो अबको लागि तयारि भएको बताए।”

त्यस्तै यामसाजनले ०६९ सालमा पहिलो रेकर्ड तोडे । सय मिटर दौडन उनले १०.३ सेकेण्ड मात्रै लगाए । त्यसअघि हिम चितुवाको रुपमा परिचित तिलकराम थारूले सय र दुई सय मिटल दौडमा एकछत्र राज गरेका थिए । तिलकको रेकर्डलाई तोडेपछि यामसाजन चर्चामा आए । त्यस यता उनको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन् । ‘अरु खेलमा भन्दा सय र दुई सय मिटर दौडको स्कोप छ । त्यसैले मैले यही दौडलाई रोजेँ ।’ उनी भन्छन् ‘अब १३ औं साफ गेम नेपालमा हुँदैछ । त्यसको तयारीमा छु, उक्त गेममा देशको लागि एउटा पदक पक्का जित्ने पक्का छ”।https://youtu.be/vbNc-l6EgUo




सम्बन्धित समाचार


error: Content is protected !!