सुनुवार ग्रुप अफ कम्पनीले कोइँच क्याफे दि हट प्लेट साङ्गेतिक तथा शुभारम्भ कार्यक्रम गर्ने।

काठमाण्डौ।
सुनुवार ग्रुप अफ कम्पनीले काठमाण्डौको बौद्दमा कोइच क्याफे दि हट प्लेट साङ्गेतिक कार्यक्रम गर्ने भएको छ।सुनुवार समुदायमा छरिएर रहेका पूँजीलाई एकिकृत गर्दै उत्पादन मुखी र आयमूलक क्षेत्रमा सामुहिक लगानी गरेर आर्थिक क्रान्तिद्वारा वैदेशिक रोजगारलाई निरूत्साहित बनाई स्वदेश मै आफ्नो श्रम, सीप तथा पूँजीको लगानी गर्न प्रोत्साहन गर्दै कोईच सुनुवार समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थान प्रमुख आवश्यकता संगै सुनुवार ग्रुप अफ कम्पनीले साङगेतिक तथा कम्पनिको शुभारम्भ गर्न थालेको छ। यहि माघ २२गते काठमाण्डौको बौद्दमा यो कार्यक्रम गर्न लागिएको हो।कार्यक्रममा पुष्कर सुनुवार ,पुजा सुनुवार र कल्पना सुनुवार सहित अन्य कलाकारको उपस्थिति रहने छ।
कोइँच समुदायमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी समुदायकै हितार्थ उत्पादनमुखी तथा आयमुलक क्षेत्रमा लगानी गर्न,कोइँच समुदायलाई ब्यापार ब्यवसायमा निर्भर रहि वैदेशिक रोजगारलाई निरुत्साहित पार्न र स्वरोजगारको अवसर प्रदान गर्न, अधिकतम स्थानिय श्रोत र साधनमा प्रविधिको प्रयोग गर्दै कोइँचहरुको परम्परागत शीप तथा ज्ञानको संरक्षण र प्रवद्र्धन गर्न ,वैदेशिक रोजगारका कारण भित्रिएका विकृति, विसंगति र पारिवारीक विखण्डनका समस्याहरुको न्यूनिकरण गर्न यसको आबश्यकता देखिएको छ।साथै यश कम्पनिका उदेश्य हरु क्रमश:
१. छरिएर रहेको कोईंच पूँजीलाई एकिकृत गरि उत्पादनमुखि तथा आयमूलक क्षेत्रमा सामूहिक लगानी गरी उत्त पूँजी सही सदुपयोग तथा सम्वद्र्धन गर्ने ।
२. आफुसँग भएको श्रम, शीप तथा पूँजीको लगानी गरेर आफ्नै देशमा रोजगारीको अवसर मिलाउने ।
३. उत्पादनमूलक क्षेत्रमा अधिक श्रम र पूँजी लगानी गरेर वैदेशिक आयात कम गराउन पहल गर्ने ।
४. समुदाय भित्र दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर बनाउन अग्रणी भूमिका निर्वाह गर्ने ।
यस कम्पनीको पहिलो चरणका प्रस्तावित योजनाहरु ।
क. कृषि तथा पशुपालन ।
ख. होटल तथा रेष्टुरेन्ट ।
क. कृषि तथा पशुपालननै किन ?
१. कृषि तथा पशुपालनः
क. नेपाल कृषि प्रधान देशका नामले परिचित रहेता पनि पुरानै परम्परागत कृषि प्रणालीमा खेतीपाती गरिने परम्परा हाबी हुनुले, आजका बढ्दो शहरीकरण तथा युवाशक्ति परदेश पलायन हुने अवस्थाले किनेर खाने संस्कृतिको विकास भएको कारणले ।
ख. कृषि व्यवसाय निकै लाभदायक व्यवसाय मध्ये हो र तरकारी खेती, कुखुरापालन, बंगुर पालन र माछा पालन गर्न सके यसबाट राम्रो आम्दानी लिन सकिने भएकोले ।
ग. हरेक मानिसका दैनिक जीवनमा आवश्यक पर्ने भएकोले यसको माग उच्च रहेको छ । यसको सही ब्यवस्थापन गर्न सकिने हो भने यो ब्यवसायमा जोखिम कम हुने भएकोले ।
घ. कृषि ब्यवसायलाई सरकारबाट अनुदान मिल्ने भएकोले राज्यले दिने सहुलियतको भरपुर लाभ लिनका निमित्त ।
ङ. लगानीकर्ता मध्येका केहि सदस्यहरुका यस ब्यवसायमा लामो अनुभव रहेकोले ।
ख. होटल तथा रेष्टुरेन्ट ।
२. होटल रेष्टुरेन्टः
क. काठमाडौं लगायत विशेष गरी शहरी क्षेत्रहरुमा हिजोआज विभिन्न परिकारहरु रेष्टुरेन्टमा खाने परिपाटीको विकास भएकोले यो ब्यवसायबाट राम्रो मुनाफा आर्जन गर्न सकिने भएकोले ।
ख. शुद्ध, सफा र स्वादिष्ट खाना दिन सकेको खण्डमा र व्यवसायका लागि उचित स्थान छान्न सकेमा यस ब्यवसायको भविष्य राम्रो भएकोले ।
ग. लगानीकर्ता मध्येका केहि सदस्यहरुका यस ब्यवसायमा लामो अनुभव रहेकोले ।
हामी यति बेला पहिचान र समानताका कुरा उठाई रहेका छौ । राज्य त दोषी छदै छ । यो मुद्दामा हामी पनि उत्तिकै दोषी छौ । किन कि हाम्रा समुदायका बैशालू पाखुरी पराईकै भूमीको रक्षा र सिगारपटारमा प्रयोगमा आएको छ । हाम्रो शक्ति स्वदेशमा भन्दा परदेश केन्द्रित छ । त्यसैले पहिचान समानताको मुद्दामा हामी पछि छौ । अबको हाम्रो दायित्व भनेको स्वदेशमै सामूहिक लगानी गर्ने अनि दक्ष र सक्षम जनशक्ति उत्पादन गरेर हाम्रो समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थान गर्दै पहिचान र समनाताको मुद्दामा आफुलाई बलियो पार्नु हो रहेको सुनुवार ग्रुप अफ कम्पनी प्रारम्भिक छलपल समिति नेपालका संयोजक अध्यक्ष भानु सुनुवार ले बताउनु भयो।








