दुर्गममा किन वढ्दै छन् आँखा र काँनका विरामी ?

लोकेन्द्र शाही
जाजरकोट / उमेर ढल्केका मात्र होईन , कलिलै उमेरका व्यक्तिमा पनि आँखा  र कानकाे समस्य  पाईएको छ । महिनै पिच्छे हुँने आँखा शिविरमा ३ सय वढीले आँखाको उपचार गराएको तथ्यांक फेला परेको छ ।
सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा रहेका स्थानीयवासीमा आँखाको समस्य वढी रहेको पाईएको हो । नलगाड नगरपालिकाले तीन महिना यता गरेको आँखा शिविरमा महिनै पिच्छे ४ सय भन्दा वढी आँखा ,कानका विरामीले उपचार गराएका छन् । नगरपालिकाले विभिन्न संघ संस्थाको सहयोगमा आँखा र  काँनकाे शिविर गदै आएको छ । नलगाड नपाको दल्ली स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार दैनिक १० भन्दा वढी कान ,आँखाकै विरामीहरु उपचारका लागि आउँने गरेका छन् । आँखा सम्वन्धी शिविरमा समेत महिनै पिच्छे आँखाका जटिल खालका ३ सय भन्दा वढी विरामीहरु उपचारका लागि आउँने गरेका छन् । सामुदायिक आँखा उपचार केन्द्र खलंगामा दैनिक २० जना भन्दा वढी आँखाका विरामीहरु आउँने गरेको उपचारका संलग्न सुसिल पुनले जानकारी दिए ।
गाउँ घरमा खाना वनाउँदा होस या अन्य कामका लागि होस दाउरोको प्रयोग वढी हुँने गर्दछ । दाउराको प्रयोग वढेसंगै खुल्ला चुलोवाट निस्किने धुवाका कारण यहाँका ग्रामीण क्षेत्रमा वढी आँखामा समस्य देखिने गरेको छ । सुधारिएको चुलो ग्रामीण क्षेत्रमा नभएका कारण थप धुवाको समस्य भएको हो । आँखाको हेरचाहमा ध्यान नदिने , धमिलो पानिमा सरसफाई गर्ने , जथाभावी आँखा मिच्दा वढी आँखामा समस्य आएको चिकित्सकले वताएका छन् । उमेर ढल्केमा मानिसकै तुलनामा यूवा अवस्थाका मानिसमा आँखाको समस्य देखिएको सामुदायिक आँखा उपचार केन्द्र खलंगाले वताएको छ ।
जिल्लामा एक मात्र आँखा उपचार केन्द्र भएका कारण पनि विरामीको संख्य वढी भएको हो । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा आँखा सम्वन्धी खाँसै जाँच नहुँने भएकाले सदरमुकाम सम्म आउँन आँखाका विरामीहरु झनझट , आर्थिक अभावले समयमै उपचार नहुँने गरेको हो । गाउँ घरमा हुँने विभिन्न खालका शिविरमा मात्र कहिले काँही सामान्य खालको आँखाको उपचार हुँने गर्दछ । जटिल खालका आँखाका विरामीहरु आँखाको उपचार गर्ने अस्पताल टाढा हुँदा रोग पालेर वस्नुपर्ने वाध्यता रहेको सुनाउँछन् । विहिवार नलगाड नपाको दल्लीमा भएको आँखा शिविरमा मात्र ४ सय भन्दा वढीले आँखाको जाँचका लागि विरामीहरु आएको आयोजक नलगाड नगरपालिकाले वताएको छ । आँखामा समस्य आएपछि स्वास्थ्य संस्था भन्दा पनि धामीका कहाँ गएर झारफुक गराउनको संख्य ठुलो रहेको छ ।
आँखाको उपचार गराउन जाजरकोट सदरमुकाम र नेपालगन्ज, सुर्खेत जाँनुपर्ने वाध्यता रहेको छ । उपचारको अभावमा आँखाका विरामीहरु पिडा सहेर वस्नुपर्ने वाध्यता रहेको नलगाड नपा ११ का वडा अध्यक्ष लालवहादुर खत्रीले वताए । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आँखा उपचार गर्नका लागि आवश्यक स्रोत साधन समेत नहुँदा स्वास्थ्यकर्मीहरु उपचार गर्न सकिरहेका छैन्न । वृद्ध,वृद्धाहरुलाई आँखाको समस्य भएपनि उपचारमा लिने मानिस नहुँदा आँखाका विरामीको संख्य वृद्धी भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!