सुर्योदय मा.बि जाजरकोट को तालाबन्दी अखिल क्रान्तिकारीले खोल्यो,पठनपाठन सुचारु। जाजरकोट ।

जाजरकोट ।
प्र.अ नियुक्तिको बिषयलाई बिबादित बनाउदै आएका जाजरकोट नलगाड नगरपालिका ३सुर्योदय मा बि बि ब्य स सदस्य र समाजका केही ब्यक्तिबाट गरिएको तालाबन्दी अखिल क्रान्तिकारी जाजरकोटले खोलेको छ।

आफ्नो निकट प्र.अ नियुक्ति ,भबन निर्माण र अहिलेका नि प्र अ मोहनलाल पुनलाइ आर्थिक हिनामिना गरेको भनी बारम्बार बिधालयमा पठनपाठन अवरोध गर्दै आएका छन।बिगत ६महिना देखि प्र अ नियुक्तिको लागि बि ब्य स को बैठक बसि नि प्र अ मोहनलाल पुन लाई प्र अ बनाउनु पर्ने निर्णय हुदा बि ब्य स का केही सदस्य र बिधालय शिक्षक ,अन्य केही समुदायका मान्छेहरुबाट बारम्बार आफ्नो निकट प्र अ हुनु पर्ने माग राख्दै बिधालयमा पठनपाठन तथा अबरोध गर्दै आएका छन।

गत आइतबार बि ब्य स सदस्य औसि घर्ती र बिधालयका लेखापाल ओम बहादुर बुढा ,स्थानिय मिस्री बहादुर पुन,हरिचन्द्र रावल,र ने रा प्रा बि का प्र अ गोरख बहादुर पुन ले स्कुलमा ताला बन्दि गरेका थिए।ती विभिन्न बिषय बिबाद बनाउदा र स्कुलमा तालाबन्दी गर्दा बिधालयको पढाइ समेत अबरोध भएको थियो।
अखिल क्रान्तिकारी जाजरकोटका कोषध्यक्ष राजन राना र उपाध्यक्ष जलन बस्नेतको टोलिले हिजो मात्र बिधालयको ताला खोलेर बिधालयको पढाइ सुचारु गरेको छ भने बिधालयको विभिन्न बिबाद र अबरोध गर्दै आएका उनिहरु भने अझै सहमती र निकासमा पुगेका छैनन।
बि ब्य स समिती र अभिभावकहरुले हालका नि प्र अ मोहनलाल पुन लाई नै प्र अ बनाउने सहमति गर्दा समेत उनिहरुको समुहले आफ्नै निकट प्र अ हुनु पर्ने र अन्य कुनै निकास नहुने गराएका छ्न।
सार्बजनिक सस्थामा बिद्यार्थीले तालाबन्दी गरेको भन्ने उनिहरु आफैले तालाबन्दी गरेको स्थानियको दाबी छ।साथै आफ्नो बिधालयको अध्यापन छोडेर अर्को बिधालयमा ताला मार्न हिडेका ने रा प्रा बि चावलेचौरका प्र अ ले विभिन्न बिबाद ल्याउने गरेको समेत स्थानियहरुको गुनासो छ।




सम्बन्धित समाचार


error: Content is protected !!