प्रदेश साँसदलाई जाजरकोटमा शहिद परिवारको सम्मान’

जाजरकोट  । माओवादीले ६ नम्बर प्रदेशको समानुपातिक तर्फबाट साँसद निर्वाचीत भएकी कृष्णा शाह आचार्यलाई जाजरकोटमा शहिद परिवारले सम्मान गरेका छन । भेरी नगरपालीका ११ जगतीपुर जाजरकोटमा शहिद परिवारहरुले एक कार्यक्रमको आयोजना गरि वधाइ तथा सम्मान गरेका हुन ।

माओवादी शसस्त्र द्धन्दको क्रममा दुई छोराछोरी गुमाएकी जाजरकोट भेरी नगरपालिका ११ जगतिपुरकी ८० बर्षिय ऐरावत आचार्यले बुहारी सांसद भएकोमा खुशि भएको वताइन । माओवादी समानुपातिक कोटाबाट प्रदेश साँसद भएकी कृष्णा शाह आचार्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा ऐरावतले बुहारी कृष्णालाई पार्टीले साँसद बनाएर शहिद परिवारको सम्मान गरेको बताईन । “बुढेसकालका साहारा बन्लान भनेका जवान छोराछोरीलाई माओवादी भएको आरोपमा हत्या गरियो , सवै परिवार नै युद्धमा गए,घरमा साहारा दिने कोही थिएनन,धन्न सेनाले मारेन र वाचियो” ,उनले भनिन ।

दुइ भाई छोराछोरी लाई तत्कालिन सरकारले हत्या गरेपछि निकै चिन्तामा परेकी ऐरावतले ढिलै भएपनि माओवादीले बुहारीलाई साँसद बनाएर शहिद परिवारको सम्मान गरेको वताइन । उनले शहिदले कल्पना गरेको समतामुलक समाजको निर्माणका लागी सधै लागि पर्न साँसद भएकी बुहारीलाई शुभकामना दिईन ।

सासद कृष्णा ऐरावतीका कान्छो छोरा रामदीप आचार्यकी जीवन संगिनी हुन् । माईलो छोरा ईन्द्रलाल आचार्यलाई २०५६ सालमा जाजरकोटको कुस्तरामा प्रहरीले हत्या गरेको थियो भने कान्छि छोरी ममितालाई २०६० सालमा नेपाली सेनाले पश्चिम जाजरकोटको साल्माको चिनाकुम्द लेकमा गोली हानेर हत्या गरेको थियो ।

१३ बर्षको उमेरमै स्थानिय शंकरभवन मावि बाहुनथानामा पढ्दा पढ्दै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्यालय ईकाई समितिको अध्यक्ष भएर राजनितिमा होमिएकी कृष्णले थुप्रै दुःख कष्ट झेल्दै साँसद सम्म पुग्ने अवसर पाएकी हुन् ।

सरकारले किलोशेरा २ अप्रेसन अन्र्तगत २०५५ सालमा पक्राउ परेपछि सुरक्षाकर्मीले निकै यातना दिएको सांसद कृष्णाले वताएइन । “नाङ्गै बनाएर सिस्नो पानी हान्ने र नङ्गमा पिन समेत ठोक्ने कुरा सम्झँदा अहिले पनि आँङ्ग सिरिङ्ग हुन्छ”उनले भनिन । पार्टीको गोप्य कुरा कुनै नखोलेपछि एक हप्ता सम्म हिरासतमा राखेर चरम यातना दिएको सांसद शाहले बताईन ।

२०५७ सालमा भुमिगत भएकी उनी २०५९ सालमा सुर्खेतमा पक्राउ परिन । एक बर्ष जेल जीवन विताएर पुनः भुमिगत राजनितिमा होमिएकी उनी माओवादी जनमुक्ती सेनामा लागिन । २०६३ सालमा सम्म तीन बर्ष जति लडाकु भएर काम गरिन । कम्पनी सह कमान्डर बनेकी उनी जनमुक्ती सेनालाई फौजी तथा राजनैतिक प्रशिक्षण समेत दिने गरेको सम्झिन्छिन ।

माओवादी शान्ति प्रक्रियामा आए सँगै राजनितिमा सक्रिय ३४ बर्षिया कृष्णा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिव तथा केन्द्रिय कार्यालय सचिव छन् । प्रमाणपत्र तह सम्म अध्ययन गरेकी सामान्य परिवारकी कृष्णा मन्त्री भएर देश र जनताको सेवा गर्ने अठोट लिएकी छन् । उनले शहिदले परिकल्पना गरेको बाटोमा लाग्ने प्रण समेत गरेकी छन् ।

 




सम्बन्धित समाचार


error: Content is protected !!