विद्यार्थी वेहोस हुँन थालेपछि दुई दिनका लागि विद्यालय वन्द

जाजरकोट,ः विद्यार्थीहरु कक्षा कोठामा पढ्दा पढ्दै वेहोस हुँन थालेपछि यहाँको एक विद्यालय वन्द गरिएको छ । जिल्लाको नलगाड नगरपालिका ८ स्थित पंञ्चभयार मावि जिकुवामा दैनिक ४ भन्दा वढी विद्यार्थीहरु पढ्दा पढ्दै विरामी हुँन थालेपछि दुई दिनका लागि विद्यालय वन्द गरिएको हो ।
एक वर्ष अघि निर्माण गरिएको विद्यालयको भवनमा पढ्दा पढ्दै विदार्थीहरु भुत आयो भन्दै वेहोस हुँने गरेको विद्यालयकी शिक्षिका नन्दा शाही केसीले जानकारी दिईन् । खुल्ला मैदानमा वाहिर पढाउदा विदार्थीहरुमा केही समस्य नआउने तर विद्यालय भित्र कक्षा कोठामा जाँन साथ एकाएक विद्यार्थीहरु विरामी हुँने गरेको उहाँले वताउनुभयो । एक हप्ता देखि यस्तो समस्य लगातार देखिएपछि विद्यालय नै वन्द गर्नुपरेको उहाँको भनाई छ । वुधवार वडा नं ८ का वडा अध्यक्ष गोविन्द शाही र विद्यालय व्यवस्थापन समितिकाको संयूक्त वैठकले विद्यालयमा विद्यार्थीहरु विरामी हुँनको कारण पत्ता लगाउन विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणवहादुर खत्रीले जानकारी दिनुभयो ।
विद्यार्थीहरु कक्षा कोठामा पढ्दै गर्दा भुत आयो भन्दै भुईमा पछारिने अनि पेट दुख्यो भन्दै कराउने गरेका छन् । लामा लामा नंग्रा भएको भुतले आफुलाई समात्न आएको भन्दै विद्यार्थीहरु कराउदै विरामी हुँने गरेको उहाँले वताउनुभयो । विद्यालयमा आएर धामीहरु वहकाए पनि नहुँने गरेको विद्यालयले वताएको छ । जिल्ला शिक्षा कार्यालय संग समन्वय गरि वुधवार देखि विद्यालय वन्द गरिएको छ । विहिवार देखि विद्यालयको यस्तो समस्यका विषयमा धामी, झाक्री कहाँ गएर वुझने विद्यालयले वताएको छ । अहिले मानसिक रुपमा नै सवै विद्यार्थीहरु आतंकित भएको विद्यालयले वताएको छ ।
हेमन्न के सी ———









